अपराध पृष्ठभूमिका दीपक मनाङेदेखि बबन सिंहसम्म निर्वाध निर्वाचनमा  


१० कार्तिक २०७४, शुक्रबार
deepak manage

काठमाडौं : पहिलो संविधानसभा निर्वाचनमा रौतहट(१ मा स्वतन्त्र उम्मेदवार बबन सिंहले जिते । उनले अप्रत्यासित रूपमा जितेपछि निर्वाचन आयोगले थाहा पायो, आपराधिक पृष्ठभूमिका उनी प्रहरीको ‘मस्ट वान्टेड’ सूचीमा छन् ।

deepak manage
सिंह निर्वाचन जितेर पनि संविधानसभा बैठकमा सहभागी हुन सकेनन् । जनताको चाहनाअनुसार नै आफूले जितेको भन्दै उनले संविधानसभा बैठकमा भाग लिन पाउनुपर्ने माग गरेका थिए । विभिन्न अपराधमा संलग्नहरू खुलेआम राजनीतिक दलमा छिरेर सांसदसमेत भएका छन् । गुन्डागर्दीमा संलग्न रहेको भनिएका रेशम लामा मन्त्री भए । कुनै समय गुन्डा समूहकै सदस्य रहेका तीर्थ लामा सांसद भए, अन्नपूर्ण पोस्टमा खबर छ ।

सार्वजनिक अपराधलगायत विभिन्न मुद्दामा जेल बसिसकेका दीपक मनाङे यसपटक एमालेको समर्थनमा मनाङबाट प्रदेशसभा निर्वाचन लड्दै छन् । चन्दा असुलीमा प्रहरीले संगठित अपराधको मुद्दा चलाए पनि मनाङेले ६० दिन प्रहरी हिरासत र तीन महिना पुर्पक्ष बसेर सफाइ पाएका थिए ।
गुन्डा नाइके गणेश लामा यसअघि निर्वाचन लडे पनि पराजित भएका थिए । यसपटक पनि उनी उम्मेदवार सिफारिस भएका छन् । कर्तव्यज्यान मुद्दा अदालतमा विचाराधीन रहेकै बेला एमाओवादी नेता बालकृष्ण ढुंगेलले पहिलो संविधानसभा चुनाव जितेका थिए । गुन्डा नाइके नै मानिने रोज राणा उम्मेदवार सिफारिस सूचीमा परेका छन् ।
तर, आयोग र प्रहरी दुवैले यस्ता घटनाबाट सिकेको पाइँदैन । आयोग भन्छ, निर्वाचन गर्ने हाम्रो काम हो । प्रहरी भन्छ, सुरक्षा दिने हाम्रो काम हो । निर्वाचनमा कस्ता(कस्ता व्यक्तिले उम्मेदवारी दिएका छन्, तिनको पृष्ठभूमि के हो भन्नेबारे कसैले उजुरी गरेपछि मात्र आयोगले थाहा पाउँछ । कसैबाट उजुरी नपरे उम्मेदवार खराब पृष्ठभूमिको भएको निर्वाचनपछि मात्र थाहा हुन्छ ।
नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता डीआईजी मनोज न्यौपाने निर्वाचनमा उम्मेदवारबारे बुझ्ने काम निर्वाचन आयोगको भएको बताउँछन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७