राष्ट्रिय सभाको अध्यक्षमा शर्मा र दाहाललाई निर्वाचित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत


२९ फाल्गुन २०८०, मंगलवार
Upper House Nepal

काठमाडौं । राष्ट्रिय सभा अध्यक्षमा युवराज शर्मा र नारायण दाहाललाई निर्वाचित गरियोस् भन्ने प्रस्ताव पेस गरिएको हो । मंगलबार बसेको राष्ट्रिय सभा बैठकमा कांग्रेसको तर्फबाट शर्मालाई र माओवादीको तर्फबाट दाहाललाई अध्यक्ष पदमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव पेस गरेका हुन् ।

राष्ट्रिय सभा बैठकमा कांग्रेसका आनन्दप्रसाद ढुंगानाले र सत्ता गठबन्धनको तर्फबाट गोपी सार्की अछामीले प्रस्ताव पेस गरेका हुन् । राष्ट्रिय सभामा उपाध्यक्षसहित माओवादीको १८, एमालेका १०, एकीकृत समाजवादीका ८, जसपाका ३ गरी ३९ सांसद छन् भने कांग्रेसका शर्मालाई कांग्रेसको १६ र लोसपाका एक सांसदको समर्थन छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७