राष्ट्रिय जनमोर्चाले कसैलाई भोट नहाल्ने


२९ फाल्गुन २०८०, मंगलवार
Tulprasad bk

काठमाडौं । राष्ट्रिय जनमोर्चाले राष्ट्रियसभा अध्यक्ष पदको निर्वाचनमा तटस्थ बस्ने निर्णय गरेको छ । मंगलबार राष्ट्रिय बैठकमा सो पार्टीका सांसद तुलप्रसाद विश्वकर्माले कसैका पक्षमा मतदान नगर्ने बताए । ‘कतै भोट हाल्दैनौँ, नो भोटको स्थितिमा छौँ हामी’, उनले भने ।

राष्ट्रियसभामा जनमोर्चाका तर्फबाट उनी एक मात्र सदस्य छन् । राष्ट्रियसभा अध्यक्षका निम्ति आज सदनमा निर्वाचन जारी छ । अध्यक्षमा दुई जना उम्मेदवार छन् । राष्ट्रिय सभाको अध्यक्षमा विपक्षी गठबन्धनको तर्फबाट युवराज शर्मा शर्माको र सत्ता गठबन्धनको तर्फबाट नारायण प्रसाद दाहालको उम्मेदवारी परेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७