सत्ता गठबन्धनमा मिसिए वामदेव गौतम पनि


२९ फाल्गुन २०८०, मंगलवार
bamdev gautaam

काठमाडौं । नेकपा एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतम पनि नयाँ सत्ता गठबन्धनमा मिसिएका छन् । राष्ट्रिय सभा अध्यक्षको निर्वाचनमा गौतमले सत्तारुढ दलका उम्मेदवार नारायण दाहालको पक्षमा मतदान गरेका छन् ।

नेकपा विघटन हुँदा पूर्व गृहमन्त्री गौतम माधव–प्रचण्ड समूहमा थिए । सर्वोच्चले नेकपा नाम जुधेको भन्दै नयाँ नाम लिएर आउन आदेश दिएपछि एमाले र माओवादी केन्द्र पुरानै समितिमार्फत आ–आफ्ना पार्टीमा सक्रिय भए । तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले दल फुटाउन अध्यादेश ल्याएपछि माधवकुमार नेपालले एमालेलाई फुटाएर एकीकृत समाजवादी बनाए ।

त्यसैगरी राष्ट्रिय सभाका सांसद समेत रहेका गौतमले नेकपा विभाजित भएपछि वाम एकताका लागि छुट्टै अभियान चलाउँदै आएका छन् । तर, पछिल्लो समय उनले पार्टीका गतिविधि सक्रिय रुपमा अगाडि बढाएका छैनन् । राष्ट्रिय सभाको अध्यक्षमा सत्ता गठबन्धनका उम्मेदवार राष्ट्रिय सभा अध्यक्षमा नारायणप्रसाद दाहालले ३९ मत प्राप्त गरेर विजयी भएका छन् । उनको विपक्षमा कांग्रेस र लोसपाले मतदान गरेका थिए । ५९ सदस्यीय रहेको बैठकमा ५६ जना सांसद उपस्थित थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७