तीन प्रदेशका प्रमुखले लिए शपथ


३० फाल्गुन २०८०, बुधबार
pradesh pramuk

काठमाडौं । नव नियुक्त तीन प्रदेशका प्रमुखले राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ लिएका छन् । उनीहरूले आज (बुधबार) शीतलनिवासमा आयोजित कार्यक्रममा राष्ट्रपति पौडेलबाट पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन् ।

मधेशको प्रदेश प्रमुखमा सुमित्रा भण्डारी, गण्डकीका लागि डिल्लीराज भट्ट र सुदूरपश्चिमका लागि नजिर मियाँले शपथ लिएका हुन् । यसअघि सरकारले नयाँ प्रदेश प्रमुख नियुक्तिका लागि राष्ट्रपति पौडेलसमक्ष यी तीन जनाको नाम सिफारिस गरेको थियो ।

उनीहरूलाई शपथअघि बुधवार मात्रै राष्ट्रपति पौडेलले प्रदेश प्रमुखमा नियुक्त गरेका थिए । मियाँ अर्घाखाँचीका एमाले नेता हुन् । गठबन्धन परिवर्तन भए पनि कोशी, बागमती, लुम्बिनी र कर्णाली प्रदेशका प्रदेश प्रमुखलाई यथावत राखिएको छ । यसअघि गत सोमवार मन्त्रिपरिषद्ले गरेको निर्णयबमोजिम राष्ट्रपति पौडेलले मधेशका प्रदेश प्रमुख हरिशंकर मिश्र, गण्डकीका पृथ्वीमान गुरुङ र सुदूरपश्चिमका देवराज जोशीलाई पदमुक्त गरेका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७