सवारी दुर्घटना न्यूनीकरणका निम्ति क्यालेण्डर तयार गरेर काम गर्नुपर्छ : सुदन किराँती


२ चैत्र २०८०, शुक्रबार
sudan kirati

काठमाडौं । सत्तारुढ नेकपा माओवादी केन्द्रका सांसद सुदन किराँतीले सवारी दुर्घटना न्यूनीकरणका निम्ति क्यालेण्डर तयार गरेर काम गर्नुपर्ने बताए । आज (शुक्रबार) प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा बोल्दै सांसद किराँतीले सवारी दुर्घटना न्यूनीकरणका लागि सरकारले ध्यान दिनुपर्ने बताए ।

उनले सवारी दुर्घटना न्यूनीकरणका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले दीर्घकालीन प्रकारको रणनीति बनाउनुपर्ने बताए । उनले क्यालेण्डर नै तयार गरेर दुर्घटना न्यूनीकरणका लागि काम गर्नुपर्ने बताए ।

उनले भने, ‘मर्ने मान्छे मरिहाल्छ, जहाँ घाइते भएको छ, एउटा परिवारमा एक जना मान्छे जीवनभरी घाइते हुँदाखेरी त्यसले राष्ट्रलाई कति धेरै क्षति पुग्नसक्छ ? यसमा हामीले ध्यान पुर्‍याउनु पर्छ । यातायात मन्त्रालयले गम्भिर अध्ययन गरी दीर्घकालीन प्रकारको रणनीति निर्माण गरी दुर्घटना न्युनिकरणको निम्ति क्यालेण्डर तयार गरेर दुर्घटना न्युनिकरणको निम्ति आजैबाट जानुपर्छ भन्नेकुरा म जोडदार माग गर्दछु ।’ उनले हरेक दिन सवारी दुर्घटना हुँदा पनि सरकारले न्यूनीकरणका लागि ध्यान पुर्‍याउन नसकेको बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७