सन् २०५० मा अमेरिकामा इसाइको संख्या दुई तिहाई घटने, यहुदी भन्दा मुस्लिम बढी हुने


३ चैत्र २०८०, शनिबार
Capture.JPG 2064

काठमाडौं । अबको तीन दशकपछि अर्थात सन् २०५० सम्ममा विश्वमा क्रिश्चियन र इस्लाम धर्मालम्बी बराबर हुने एउटा तथ्याङ्कले देखाएको छ । प्यू रिसर्च सेन्टरको प्रतिवेदनमा धर्मका आधारमा सन् २०५० मा नियाको जनसंख्या कति हुने हो, जसमा इस्लाम धर्मकाबारेमा चकित पार्ने तथ्याङ्क बाहिर आएको छ ।

सो रिसर्चका अनुसार संसारको धार्मिक प्रोफाइल द्रुत गतिमा परिवर्तन हुँदैछ । यसको मुख्य कारण प्रजनन दर, युवा जनसंख्याको आकारमा भिन्नता र मानिसले गरेको धर्म परिवर्तन रहेको बताइएको छ । जसअनुसार आगामी चार दशकहरूमा इसाईहरू सबैभन्दा ठूलो धार्मिक समूह रहनेछन् तर यस अवधिमा इस्लाम अन्य धर्महरूको तुलनामा तीव्र गतिमा बढ्नेछ । यदि अवस्था यस्तै रह्यो भने सन् २०५० सम्ममा विश्वभर मुस्लिमहरुको संख्या लगभग क्रिश्चियनको संख्या बराबर हुनेछ ।

संयुक्त राज्य अमेरिका र फ्रान्स जस्ता देशहरूमा नास्तिक, अज्ञेयवादी र कुनै पनि धर्मसँग सम्बद्ध नभएका मानिसहरूको संख्या बढ्दै गएको छ । तर, २०५० मा विश्वव्यापी बौद्ध जनसंख्या लगभग २०१० मा जस्तै हुनेछ, जबकि हिन्दू र यहूदी जनसंख्या आज भन्दा ठूलो हुनेछ । संयुक्त राज्य अमेरिकामा ईसाईको जनसंख्या २०१० को भन्दा तीन चौथाईबाट २०५० मा दुई तिहाईमा घट्नेछ । यहूदी धर्म अब अमेरिकामा सबैभन्दा ठूलो गैर क्रिस्चियन धर्म हुने छैन । अमेरिकामा धर्मको आधारमा यहूदी भनेर चिनाउनेहरू भन्दा धेरै मुस्लिमहरू हुने देखिएको छ ।

सन २०१० र २०५० को बीचमा कुल विश्व जनसंख्या ३५ प्रतिशतले बढेर ९.३ बिलियन हुने अपेक्षा गरिएको छ । यसैबीच, उच्च प्रजनन दरका कारण, मुस्लिमहरूको युवा जनसंख्या अन्य धर्महरूको तुलनामा छिटो बढ्ने छ । युरोपमा कुल जनसंख्याको १० प्रतिशत मुस्लिम हुनेछन् । सन् २०५० मा भारतमा हिन्दू बाहुल्यता कायम रहनेछ तर इन्डोनेसियालाई पछाडि छोडेर विश्वको कुनै पनि देशको तुलनामा यो सबैभन्दा बढी मुस्लिम जनसंख्या हुनेछ । प्यू रिसर्चका अनुसार सन् २०५० मा विश्वका हरेक १० मध्ये चार क्रिस्चियन सब–सहारा अफ्रिकामा बस्ने छन् । यस प्यू रिसर्च सेन्टरले विश्वभर मानिसको बढ्दो जनसंख्याको अनुमान गरेको हो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७