घट्यो डिजेल, पेट्रोल र मट्टीतेलको भाउ


३ चैत्र २०८०, शनिबार
petrol 1
फाइल फोटो

काठमाडौँ । नेपाल आयल निगमले डिजेल, पेट्रोल र मट्टीतेलको भाउ घटाएको छ । निगम सञ्चालक समितिको बैठकले गए रातिदेखि लागू हुने गरी पेट्रोलको मूल्यमा प्रतिलिटर एक रुपैयाँ र डिजेल-मट्टीतेलको मूल्यमा प्रतिलिटर दुई रुपैयाँ घटाएको हो ।

निगमले पेट्रोलियम पदार्थको मूल्यका लागि देशका विभिन्न ठाउँहरूलाई तीन वर्गमा विभाजन गरेको छ । पहिलो वर्गमा चारआली, विराटनगर, वीरगञ्ज, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज र धनगढी क्षेत्र पर्छन् । यो क्षेत्रमा अब पेट्रोलको भाउ लिटरको १६८ रूपैयाँ ५० पैसा तथा डिजेल र मट्टीतेलको भाउ लिटरको १५५ रूपैयाँ ५० पैसा पर्नेछ ।

दोस्रो वर्गमा पर्ने सुर्खेत र दाङ क्षेत्रमा अब पेट्रोलको भाउ लिटरको १७० रूपैयाँ तथा डिजेल र मट्टीतेलको भाउ लिटरको १५७ रूपैयाँ पर्नेछ । यस्तै तेस्रो वर्गअन्तर्गत काठमाण्डौ, पोखरा र दिपायल क्षेत्रमा अब पेट्रोलको भाउ लिटरको १७१ रूपैयाँ तथा डिजेल र मट्टीतेलको भाउ लिटरको १५८ रूपैयाँ पर्नेछ । खाना पकाउने एलपी ग्यासको मूल्य भने घटबढ भएको छैन ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७