माओवादी उपाध्यक्ष महरालाई सिधै सीआईबी लगियो

माओवादी नेताको घरबाट पक्राउ परेका थिए महरा


५ चैत्र २०८०, सोमबार
mahara pakrau

काठमाडौं । पक्राउ गरिएका नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरालाई केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) लगिएको छ । केहीबेर अघि मात्रै भैरहवा विमानस्थल हुँदै काठमाडौँ ल्याइएका महरालाई सोधपुछका लागि त्रिभुवन विमानस्थलबाट सिधै सीआईबीको कार्यालय लगिएको हो । आज बिहान ९ बजे कपिलवस्तुको पकडीबाट महरालाई पक्राउ गरिएको थियो ।

माओवादी नेताको घरबाट पक्राउ परेका थिए महरा
रुपन्देहीबाट पक्राउ परेका माओवादी उपाध्यक्ष कृष्णबहादुर महरालाई काठमाडौं ल्याएको छ । पक्राउ परेका उनलाई भैरहवा विमानस्थल हुँदै जहाजमार्फत काठमाडौं ल्याउन लागिएको हो । उनी काठमाडौंबाट रोल्पा जानका लागि भैरहवा विमानस्थल हुँदै रुपन्देही पुगेका थिए । बिहान धकधईस्थित माओवादी नेता वकिल मुसलमानको घरबाट महरालाई प्रहरीले पक्राउ गरेको छ ।

‘महरा सर खाना खान जानु भएको थियो, त्यसैबेला नियन्त्रणमा लिइएको हो,’ प्रहरी स्रोतले भन्यो । रुपन्देही प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक मनोहर भट्टले प्रहरीको निगरानीपछि महरा आफैले काठमाडौं फर्किने चाहना गरेपछि विमानबाटै काठमाडौं पठाइएको बताए । आइतबार मात्र गृहमन्त्री रवि लामिछानेले सुन तस्करी प्रकरणमा मुछिएका सबै जनामाथि अनुसन्धान प्रक्रिया अगाडि बढाउन प्रहरीलाई निर्देशन दिएका थिए ।

भेप प्रकरणमा महरालाई प्रतिवादी बनाएर मुद्दा दर्ता गर्नुपर्ने सुनको अवैध पैठारी (तस्करी) नियन्त्रण सम्बन्धी जाँचबुझ आयोगको निष्कर्ष छ । महराका छोरा राहुल सो मुद्दामा अहिले पनि थुनामा छन् । भेप प्रकरणमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले राहुलबिरुद्ध ‘संगठित तस्करी’ गरेको आरोपमा अनुसन्धान गरेको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७