अदालतले भन्यो–महरा बिरामी छन्, अस्पताल लैजानू


५ चैत्र २०८०, सोमबार
mahara adalat

काठमाडौं । सुन तस्करी प्रकरणमा पक्राउ परेका सत्तारुढ नेकपा माओवादी उपाध्यक्ष तथा पूर्व सभामुख कृष्णबहादुर महरालाई अस्पतालमा राखिने भएको छ । उनलाई जिल्ला अदालत काठमाडौंले चार दिन म्याद थप गर्दा अस्पताल राख्न आदेश गरेको स्रोतले जानकारी दिएको छ ।

महराले आफू अस्वस्थ रहेकाले अस्पताल भर्ना हुन पाउनु पर्ने माग अदालत समक्ष गरेका थिए । उनको अवस्थालाई हेरेपछि अदालतले माग स्वीकार गरेको हो । प्रहरीले अदालतबाट बाहिर ल्याउँदा महराले अस्वस्थताको लक्षण समेत देखाएका थिए । महराले हिँड्न नसकेको जस्तो गरेपछि उनलाई प्रहरीले दुवैतिर समातेर गाडीमा चढाएका थिए ।

अदालतको आदेशका कारण प्रहरीले आजै उनलाई अस्पताल भर्ना गर्ने तयारी गरेको छ । उनको बिमारीबारे खुल्न सकेको छैन । सीआईबीका प्रवक्ता एसपी होविन्द्र बोगटीले अदालतले अस्पताल भर्ना गर्न आदेश दिएको तर कुन अस्पताल राख्ने भन्ने टुंगो लागिनसकेको बताएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७