प्रहरीले गोली हानेर समात्यो दुई जना ‘डाका’


६ चैत्र २०८०, मंगलवार
daka 1

सर्लाही । सर्लाहीमा डाका पक्रिन प्रहरीले गोली चलाएको छ । गए राति साढे ९ बजे बरहथवामा गोली चलाएर दुई जना डाकालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । भारत मोतिहारी घर भएका जितेन्द्र राउत प्रहरीको गोली लागेर घाइते भएका छन् ।

उनको वायाँ खुट्टाको घुँडामा गोली लागेको छ । सर्लाही प्रहरीका अनुसार खतरामुक्त अवस्थामा उनको उपचार भइरहेको छ । मलंगवास्थित प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ । राउतसँगै मोटरसाइकलमा सवार अर्का एक जना पक्राउ परेका छन् । आरोपीहरूविरुद्ध अपहरण र शरीर बन्धक कसुरमा एक दर्जन मुद्दा रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७