अन्तिम समयमा ६ पटक मियामी च्याम्पियन जोकोभिचले गरे यसपालि नखेल्ने घोषणा


६ चैत्र २०८०, मंगलवार
Capture.JPG 2097

काठमाडौं । शीर्ष स्थानमा रहेका नोभाक जोकोभिचले इन्डियन वेल्समा अचम्मको हार बेहोरेपछि मियामी ओपन नखेल्ने भएका छन् । सो हार भोगेको एक साताभन्दा कम समयमै मियामी ओपन नखेल्ने जनाएका हुन । उनले आफ्नो निजी र व्यावसायिक तालिका सन्तुलनमा राख्नका लागि सो कदम चालेको जनाएका छन ।

बीएनपी पारिबास ओपनको तेस्रो राउन्डमा शनिवार लुका नार्डीसँग ६–४, ३–६, ६–३ ले पराजित भएपछि जोकोभिचले सोमबार आफ्नो सामाजिक सञ्जाल खातामा घोषणा गरेका हुन् । ‘मेरो करियरको यो चरणमा, म मेरो निजी र व्यावसायिक तालिका सन्तुलनमा छु । म संसारका केही उत्कृष्ट र सबैभन्दा जोसिलो फ्यानहरू अनुभव गर्न नपाएकोमा माफी चाहन्छु,’ जोकोभिचले लेखे ।

३६ वर्षीय जोकोभिच मियामीमा ६ पटकका च्याम्पियन हुन् । पुरुष हार्डकोर्ट प्रतियोगिता मार्च २० बाट सुरु हुँदैछ । कीर्तिमानी २४ पटकको ग्राण्डस्लाम च्याम्पियन जोकोभिच यस सिजनमा ८–२ ले पछि रहेका छन् तर २०२४ मा भने उनले अहिलेसम्म कुनै उपाधि जित्न सकेको छैन ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७