बागलुङ दुर्घटना : मृत्तक नौं र घाइते २६ सबैको पहिचान, चालक र बस धनीको पनि मृत्यु (सूची)


६ चैत्र २०८०, मंगलवार
bus

बागलुङ । बागलुङको निसीखोलामा सोमबार साँझ भएको बस दुर्घटनामा ज्यान गुमाउने सबैको सनाखत भएको छ । दुर्घटनामा बस धनी र चालकको पनि मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका डीएसपी मदन केसीले जानकारी दिएका छन् ।

दुर्घटनामा अहिलेसम्म नौं जनाको मृत्यु भएको र २६ जना घाइते रहेको डीएसपी केसीले जानकारी दिए । उनका अनुसार घाइते धेरैको अवस्था गम्भीर रहेको छ । पूर्वी रुकुमबाट काठमाडौँ जाँदै गरेको बागमती प्रदेश ०१–००६ ख ३८७९ नम्बरको बस मङ्गलरबार बागलुङको निसीखोला गाउँपालिका–६ जाउलेपानीस्थित मध्यपहाडी लोकमार्गमा दुर्घटना भएको थियो ।

डीएसपी गिरीका अनुसार बसमा नाबालकसहित ३५ जना सवार थिए । २० जना घाइतेको धौलागिरी अस्पताल बागलुङमा उपचार भइरहेको छ । बागलुङमा उपचाररत २० जनाकै अवस्था मध्यम रहेको उनले बताए । गम्भीर घाइते ६ जनालाई थप उपचारको मणिपाल अस्पताल पोखरा रिफर गरिएको छ । दुर्घटनामा ७ जनाको घटनास्थलमै र २ जनाको उपचारको क्रममा मृत्यु भएको हो। ज्यान गुमाउनेमा पूर्वी रुकुममा ४ र पश्चिम रुकुममा ५ जना छन् ।

यी हुन् दुर्घटनामा ज्यान गुमाउने नौं जना

१.जिल्ला दाङ बस्ने बर्ष १८ का लक्कि पुन मगरको उपचारको क्रममा ऐ. २१ः५० बजे मृत्यु भएको ।
२.जिल्ला पश्चिम रुकुम मुसिकोट न.पा. ०१ बस्ने वर्ष २७ की विनिता के.सी. उपचारको क्रममा मृत्यु भएको ।
३. जिल्ला रुकुम पश्चिम मुसिकोट न.पा.२ रातामाटा बस्ने बबि ददेल नेपाली (सवारी धनि) ।
४. जिल्ला रुकुम पश्चिम मुसिकोट न.पा.४ सोलाबाङ बस्ने वर्ष ३५ की टिका के.सी.।
५.जिल्ला रुकुम पश्चिम मुसिकोट न.पा.३ साँख बस्ने कल्पना के.सी.।
६.जिल्ला रोल्पा घर भएको सुवाष गौतम (मानसिंह बि.क.) (बसकाचालक) ।
७.जिल्ला गोर्खा घर भएको गिता थापा ।
८.जिल्ला ललितपुर घर भएको सुजन महर्जन ।
९. जिल्ला रुकुम पूर्व सिस्ने गा.पा. ५ रुमालबारा बस्ने बर्ष २५ को बिक्रम परियार ।

यी हुन् घाइतेहरु
१. जि.रुकुम पश्चिम मुसिकोट न.पा.१ बस्ने बर्ष ५२ को दसरथ नेपाली ।
२. ऐ.आठबिसकोट न.पा.१ बस्ने बर्ष २६ को पुष्कर बुढा ।
३. ऐ. मुसिकोट न.पा.१ बस्ने बर्ष ३० को छकेन्द्र जंग सेन ।
४. जि.गुल्मी मदाने गा.पा.१ बस्ने बर्ष २४ को गोबिन्द बोहरा (सह–चालक) ।
५. ऐ.मुसिकोट न.पा.७ बस्ने बर्ष ३५ को हिमबहादुर पाण्डे ।
६. जि.गुल्मी मालिका गा.पा. १ बस्ने बर्ष ५० को बलबहादुर पुन ।
७. जि.सुर्खेत पञ्चपुरी न.पा.८ बस्ने बर्ष २६ को लक्ष्मण बोगटी ।
८. जि.रुकुम पश्चिम बस्ने बर्ष २२ को टिकाराम बि.क. ।
९. जि.रुकुम पश्चिम बोतलिवाङ गा.पा. ११ बस्ने बर्ष २२ कि सबिना पुन मगर ।
१०. जि.रुकुम पश्चिम बस्ने बर्ष ३८ को हेमराज के.सी. ।
११.ऐ.मुसिकोट न.पा.३ बस्ने बर्ष २४ को गणेश खड्का ।
१२.जि.काठमाण्डौ टो.खा.न.पा. ०३ बर्ष २३ कि श्रीष्टि गैरे ।
१३.जि.डोल्पा त्रिपुरासुन्दरी न.पा.०३ बस्ने बर्ष २८ को आविस्कार धराला ।
१४. जि.रुकुम पश्चिम मुसिकोट न.पा. ०३ बस्ने बर्ष २७ कि सरिता खड्का (मिति २०८०।१२।०६ गते ऐ. ०२ः३५ बजे मणिपाल अस्पताल पोखरा रीफर, मध्यम)
१५.ऐ. बस्ने महिना ३ की ज्ञानु ढकाल (मिति २०८०।१२।०६ गते ऐ. ०२ः३५ बजे मणिपाल अस्पताल पोखरा रीफर, मध्यम) ।
१६. जि.ललितपुर महानगरपालिका १४ बस्ने बर्ष २४ कि अनुज्ञा भट्टराई ।
१७. जि.रुकुम पश्चिम मुसिकोट न.पा.४ बस्ने बर्ष ४६ कि बिना शर्मा ।
१८.ऐ.बस्ने बर्ष ४४ कि कमला के.सी ।
१९.ऐ.बस्ने बर्ष २० कि लक्ष्मी पुन मगर ।
२०.ऐ.३ बस्ने बर्ष ५५ को लिला के.सी. (मिति २०८०।१२।०६ गते ऐ. ०३ः५० बजे मणिपाल अस्पताल पोखरा रीफर, मध्यम) ।
२१.ऐ. बस्ने बर्ष ३० को ससिराम खड्का ।
२२ .जि. रुकुम पश्चिम तलाखेत न.पा. ४ बस्ने बर्ष १८ कि सपना वली ।
२३. ऐ. मुसिकोट न.पा.३ बस्ने बर्ष ६० को हर्क बहादुर के.सि. (मिति २०८०।१२।०६ गते ऐ. ०२ः३५ बजे मणिपाल अस्पताल पोखरा रीफर, मध्यम) ।
२४. ऐ सानोभेरी गा.पा.०१ बस्ने बर्ष २६ को दिनेश खड्का ।
२५. जि.सिन्धुपाल्चोक जुगाल गा.पा. ०२ बस्ने बर्ष २६ को देवेन्द्र रिजाल (मिति २०८०।१२.०६ गते ऐ. ०३ः२५ बजे मणिपाल अस्पताल पोखरा रीफर, मध्यम) ।
२६.जि.रुकुम पश्चिम मुसिकोट न.पा. ०७ बस्ने वर्ष २१ की सोभा थापा ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७