सरकारलाई पैसाको अभाव छैन, खर्च गर्ने क्षमता मात्र कमी हो : अर्थमन्त्री पुन


७ चैत्र २०८०, बुधबार
Barshaman 2 2

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुनले सरकारलाई पैसाको अभाव भन्दा पनि खर्च गर्ने क्षमता वृद्धि गर्न आवश्यक रहेको बताएका छन् । आज (बुधबार) प्रतिनिधि सभा बैठकमा आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकताको सम्बन्धमा भएको छलफलमा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिने क्रममा यस्तो बताएका हुन् ।

उनले सरकारसँग अहिले प्राप्त मात्रामा पैसा रहेको बताए । उनले लगानी गर्ने पर्याप्त पुँजी हुँदा समेत खर्च गर्ने क्षमतामा कमी हुँदा वैदेशिक सहायता समेत खर्च गर्न नसकिएको बताए । अहिले पनि विदेशी सहयोगमा प्रतिवद्धता भएको ५ खर्ब भन्दा बढी रकम रहेको उनले बताए । अर्थमन्त्री पुनले सरकारको वार्षिक पुँजीगत बजेट जम्मा ३ खर्ब रहेको बताए । सरकारलाई विदेशी विकास साझेदारहरुले ऋण वा अनुदान भनेर प्रतिवद्धता जनाएको ५ खर्ब रकम रहेको उनको भनाइ छ ।

उनले निवर्तमान अर्थमन्त्रीले सकारात्मक रुपमा चुनौती दिएपनि अब सरकारले सहयोग जुटाउने भन्दा पनि खर्च गर्न आवश्यक रहेको बताए । प्रतिवद्धता भएको रकम समेत खर्च गर्न नसकेको भन्दै कमजोरीका विषयमा सबैले समिक्षा गर्नुपर्नेमा उनले जोड दिए । उनले विगतमा वैदेशिक साहयता २० देखि २५ प्रतिशत खर्च हुने गरेको भएपनि अहिले ७ प्रतिशतमा सिमित रहेको बताए । उनले पछिल्लो १२ वर्षमा बजेट आकार बढेर ५ खर्बबाट १७ अर्ब पुगेको बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७