७० हजार घुस लिने सवइञ्जिनियर रजकविरुद्ध भ्रष्टाचार मुद्दा


९ चैत्र २०८०, शुक्रबार
Akhtiyar

काठमाडौँ । घुस लिने सामाजिक विकास इकाई कार्यालय राजविराज सप्तरीका सवइञ्जिनियर अजय रजकविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शुक्रबार रजकविरुद्ध विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरेको हो ।

अख्तियारका प्रवक्ता नरहरि घिमिरेका अनुसार भवन निर्माण सम्बन्धी खाता फुकुवा गर्नका लागि सेवाग्राहीसँग घुस लिइरहेका अवस्थामा अख्तियारको टोली पुग्दा छाडेर भागेका थिए । उनले घुस रिसव वापत १५ र ५५ हजार लिएका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७