तनहुँमा बस दुर्घटना, ६ चिनियाँ पर्यटक घाइते


१० चैत्र २०८०, शनिबार
accident 1

पोखरा । पृथ्वी राजमार्ग अन्तर्गत तनहुँमा पर्यटक बोकेको बस दुर्घटना भएको छ । शनिबार विहान म्याग्दे गाउँपालिका–६ शेराटारमा बस दुर्घटना भएको हो । पृथ्वी राजमार्गमा पोखराबाट काठमाडौंतर्फ छुटेको बा १ प ११३९ नम्बरको बस सडकबाट पल्टिएको जिल्ला प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी डिएसपी मोहनबहादुर खाँणले बताए ।

२६ जना यात्रु सवार बसमा ६ जना चिनियाँ पर्यटक घाइते भएको उनले जानकारी दिए । घाइते हुनेमा ६८ वर्षीय छुचेङ, ६७ वर्षीय काओमेङ, ५० वर्षका सुनलि, ७० वर्षीय लियोया छिङ, ६२ वर्षीय वाङ वि दोङ, ५७ वर्षीय हौैछायो लि रहेका छन् । घाइतेको जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्र बेलचौतारमा उपचार भइरहेको छ । ‘चालकलाई नियन्त्रणमा लिएका छौं । घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको छ’, डिएसपी खाँणले भने ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७