रुसमा आतंकबादी हमला : ६० जनाको मृत्यु भएपछि मस्कोमा के भयो ?


१० चैत्र २०८०, शनिबार
russia

मस्को । मस्कोको उपनगरमा रहेको क्रोकस सिटी हलमा शुक्रबार राति रक कन्सर्टमा बन्दुकधारीले गोली चलाउँदा कम्तीमा ६० जनाको मृत्यु भएको र सयभन्दा बढी घाइते भएको रुसी गुप्तचर निकायले जनाएको छ ।

सो हमला पछि उक्त कन्सर्ट भवनमा ठूलो आगो लागेको थियो, जसको कारण थिएटर नजिकैको छतको केही भाग ध्वस्त भएको थियो तर अहिले प्राय जसो निभिएको बताइएको छ । इस्लामिक स्टेट समूहले आक्रमण गरेको दाबी गरेको छ र उक्त घटनामा जिम्मेवार व्यक्ति भने भागेको बताएको छ । अहिलेसम्म कसैलाई नियन्त्रणमा लिइएको अझै रूसले खुलाएको छैन् ।

अमेरिकाले रूसमा यस्तो खाले हमला हुन्छ भन्ने दावी पहिले नै गरेको खुलेको छ । ह्वाइट हाउसले रुसलाई यस महिनाको सुरुमा नै मस्कोमा ‘ठूलो जमघटमा सम्भावित आक्रमणको चेतावनी दिएको बताएको छ । तर, अमेरिकाले यस अघि जारी गरेको चेतावनीलाइ लिएर अहिलेसम्म रुसले भने अझै पनि कुनै टिप्पणी गरेको छैन् । युक्रेनले भने रुसमा भएको सो हमलामा आफ्नो कुनै पनि संलग्नता नरहेको जनाएको छ ।

बीबीसीले सार्बजनिक गरेको भिडियो फुटेजहरूमा आक्रमणकारीहरूले भाग्न खोजिरहेका नागरिकहरूलाई अन्धाधुन्ध गोली चलाएको देखाइएको छ भने धेरै विस्फोटका आवाजहरू पनि सुन्न सकिन्छ । काउन्टीको नेशनल गार्डले आक्रमणकारीहरूको खोजी गरिरहेकोले रूसभरि कार्यक्रमहरू रद्द भएपछि सुरक्षा व्यवस्था कडा पारिएको छ । राष्ट्रपति पुटिनले राष्ट्रलाई प्रत्यक्ष सम्बोधन गरेका छैनन् तर एक उपप्रमुखले भने सो घटनामा परेका मृतकको आत्माको शान्तिको कामना गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७