आयरल्याण्ड ‘ए’ सँग टी–२० र एक दिवसीय सिरिज खेल्ने नेपाल ‘ए’ टिमको घोषणा


११ चैत्र २०८०, आईतवार
nepal 1

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले आयरल्याण्ड ‘ए’ सँग खेल्ने नेपाल ‘ए’ टिमको घोषणा गरेको छ । नेपाल ‘ए’ टिमले आयरल्याण्ड ‘ए’ टिमसँग टी–२० र एक दिवसीय सिरिज खेल्दैछ ।

नेपाल ‘ए’ ले मार्च २८, २९ र ३१ मा आयरल्याण्ड ‘ए’ सँग टी–२० सिरिज र अप्रिल ३, ५ र ७ मा एकदिवसीय सिरिजका खेल्ने तालिका रहेको छ । त्यसअघि नेपालको राष्ट्रिय टिमले आयरल्याण्ड ‘ए’ सँग मार्च २५ र २६ मा टी–२० खेल खेल्ने तालिका रहेको छ ।
टी–२० सिरिज खेल्ने नेपाली ए टिम

विनोद भण्डारी (कप्तान), लोकेस बम, देव खनाल, पवन सराफ, किरण ठगुन्ना, आरिफ सेख, अर्जुन घर्ति, नारायण जोशी, बशीर अहमद, रसिद खान, सागर ढकाल, विपिन खत्री, कमल सिंह ऐरी, हेमन्त धामी र विकास आग्री रहेका छन् ।

एक दिवसीय सिरिज खेल्ने नेपाल ‘ए’ टिम :

विनोद भण्डारी (कप्तान), अर्जुन कुमाल, देव खनाल, नरेन भट्ट, भिम सार्की, अर्जुन साउद, आरिफ सेख, बशीर अहमद, कमल सिंह ऐरी, शदाब आलम, रंजित कुमार, रुपेश सिंह, रिजन ढकाल, बिकास आग्री र मौसम ढकाल रहेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७