ऐन महरको एमाले केन्द्रीय कमिटीमा ‘कमब्याक’


११ चैत्र २०८०, आईतवार
Ain bahadur mahar

काठमाडौं । सत्तारुढ नेकपा (एमाले) ले ऐन महरलाई केन्द्रीय कमिटीमा फर्काएको छ । महर यसअघि केन्द्रीय कमिटीबाट निलम्बित थिए । आज (आइतबार) को सचिवालय बैठकबाट उनलाई पुनः केन्द्रीय सदस्यमा मनोनीत गरिएको एमाले उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए ।

‘केन्द्रीय सदस्य ऐन महरले राजीनामा दिनु भएको थियो स्वेच्छाले । पार्टीले त्यो राजीनामा स्वीकृत पनि गरेको थियो’, बैठकका निर्णय सुनाउँदै ज्ञवालीले भने ‘उहाँले फेरि पार्टीमा सक्रिय भएर काम गर्ने, निष्ठा र इमानदारिताका साथ काम गर्ने प्रतिबद्धता व्यक्त गर्नु भएकाले पार्टीको विधानको धारा ६५ अनुसार केन्द्रीय समितिमा मनोनीति गर्ने निर्णय गरेको छ ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७