ह्यारिस आयरल्याण्डको अहिलेसम्मको युवा प्रधानमन्त्री बन्दै


१२ चैत्र २०८०, सोमबार
Simon Harries.jpg

काठमाडौँ । आयरल्याण्डमा ३७ बर्षिय साइमन ह्यारिस प्रधानमन्त्री बन्ने भएका छन् । लियो वराडकरको राजीनामापछि देशको नेतृत्व अब युवा ह्यारिसले गर्ने भएका हुन् । ह्यारिस सत्ता रुध दल फाइन गेल पार्टीको नयाँ नेताको रूपमा निर्वाचित भएपछि अब देशको सबैभन्दा कान्छो प्रधानमन्त्री बन्ने तयारीमा रहेका छन् । प्रधानमन्त्री वराडकरले बुधवार अप्रत्याशित रूपमा राजीनामा दिएपछि पार्टीले नयाँ नेता छानेको हो ।

फाइन गेलको गठबन्धन साझेदारहरूको समर्थनका कारण ह्यारिसलाई रिपब्लिक अफ आयरल्याण्डको सबैभन्दा कान्छो प्रधानमन्त्रीको रूपमा मतदान गरिनेछ । देशको संसदको अप्रिल ९ मा बस्ने बैठकमा प्रधानमन्त्रीको मतदान हुने बताइएको छ ।
साइमन ह्यारिस पार्टीको युवा शाखाबाट स्नातक गरेपछि राजनीतिमा सक्रिय छन् । आफ्नो स्नातक डिग्री पूरा नगरे पनि, उनले चाँडै नै आफूलाई एक समर्पित राजनीतिज्ञको रूपमा स्थापित गरे । उनले पार्टीभित्र विभिन्न भूमिका निर्वाह गरेका छन् ।

उनको अनुभव पछ्याउँदै, ह्यारिसले २०१६ देखि मध्य २०२० सम्मको आयरल्याण्डको स्वास्थ्य मन्त्रीको रूपमा सेवा गरेका थिए, त्यो समयमा उनले कोभिद–१९ महामारीमा राम्रो भूमिका खेलेका थिए । हाल थप र उच्च शिक्षा मन्त्रीको पदमा रहेका ह्यारिस अब प्रधानमन्त्री बन्ने भएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७