उग्र कुरा गर्नेहरुले राजनीति बिगारे, छट्टुहरु हाबी हुन थाले : गगन थापा

‘आजभोलि राजनीति गर्ने ठाउँमा भगवानहरू छन्’


१३ चैत्र २०८०, मंगलवार
Gagan 1

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका महामन्त्री गगन थापाले गृहमन्त्री रवि लामिछानेको नाम नलिएरै उनीमाथि कटाक्ष गरेका छन् । आज (मंगलबार) काठमाडौंमा आयोजित ‘नेपालको लोकतान्त्रिक आन्दोलन र नवीन्द्रराज जोशी’ विषयक अन्तरक्रिया कार्यक्रममा सांसद समेत रहेका कांग्रेस महामन्त्री थापाले आजभोलि राजनीति गर्ने ठाउँमा भगवानहरू रहेको भन्दै व्यङग्य गरेका हुन् ।

गृहमन्त्री लामिछानेलाई कतिपयले ‘भगवान’ भनेर आलोचना गर्ने गर्छन् । यसमा गगन थापा पनि थपिएका हुन् । ‘नवीन्द्र दाइको लोकतन्त्रप्रतिको प्रतिबद्धता सबैभन्दा ठूलो कुरा थियो । खेल नियमसंगत ढंगले खेले कि खेलेनन् भन्ने कुरामा ध्यान दिनुहुन्थ्यो । आजभोलि राजनीति गर्ने ठाउँमा भगवानहरू छन्,’ ‘नवीन्द्र दाइलाई मलाइ केही थाहा छैन भन्ने थाहा थियो । पार्टीभित्र गर्ने बहस छलफलमा अभाव खड्किन्छ । उहाँ लामो दौडको खेलाडी हुनुहुन्थ्यो ।’

थापाले नेपाली राजनीतिमा छट्टुहरु हाबी हुन थालेको पनि बताए । रास्वपा नेताहरूप्रति लक्षित गर्दै महामन्त्री थापाले मुलुकमा छट्टुहरू राजनीतिमा आउने र ‘लटरपटर’ पार्ने काम सुरु गरेको आरोप समेत लगाए । उनले मुलुकलाई छट्टु भन्दा पनि गति र मति दुवै भएको नेताहरू जरुरी रहेको बताए । झुक्याउने खालको छट्टुहरू नेपाली राजनीतिले नचाहेको महामन्त्री थापाको भनाइ थियो । उनले भने, ‘छट्टुहरू आउँछन् । रंगिन सपना देखाउँछ्न् । अलपत्र पार्छन् । हामीलाई गति र मति दुवै भएको चाहिन्छ । घरभित्र फोहोर छ । सफा गर्नैपर्छ । कार्पेटमुनि लुकाएर हुँदैन ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७