जर्जिया, युक्रेन र पोल्याण्ड युरोकपमा छनौट


१४ चैत्र २०८०, बुधबार
poland.jpg

काठमाडौँ । जर्जिया, युक्रेन र पोल्याण्ड युरोकप २०२४ मा छनौट भएका छन् । गए राति सम्पन्न युरो कप छनौटका प्लेअफ खेलमा जित हसिल गर्दै जर्जिया, युक्रेन र पोल्याण्डले युरो कपमा आफ्नो स्थान सुरक्षित गरेका हुन् ।

युक्रेनले आइसल्याण्डलाई २–१ गोल अन्तरले पराजित गरेको थिए । त्यस्तै पोल्याण्डले वेल्सलाई पेनाल्टी सुटआउटमा ५–४ गोलले पराजित गर्दै जित हासिल गरेको थियो । त्यस्तै जर्जियाले ग्रीसलाई पेनाल्टी सुटआउटमा ४–२ ले पराजित गर्दै युरोकपमा पुगेको थियो ।

योसँगै ग्रीस, वेल्स र आइसल्याण्ड युरो कपमा छानिन असफल भएका छन् । यसका साथै युरोकप खेल्ने २४ देशको टुंगो लागेको छ । पोल्याण्ड समूह ‘डी’ मा नेदरल्याण्डस, अस्ट्रिया र फ्रान्ससँग रहने छ भने युक्रेन समूह ‘इ’ मा बेल्जियम, स्लोभाकिया, रोमानियासँग रहने छ ।

त्यस्तै युरोकपको समूह ‘ए’ मा आयोजक जर्मनी, स्कटल्याण्ड, हंगेरी, स्वीजरल्याण्ड रहेका छन् भने समूह ‘बी’ मा स्पेन, क्रोएसिया, इटाली र अल्बानिया रहेका छन् । त्यसैगरी समूह ‘सी’ मा स्लोभेनिया, डेनमार्क, सर्बिया र इङल्याण्ड रहेका छन् भने समूह ‘एफ’ मा टर्की, जर्जिया, पोर्चुगल र चेक रिपब्लिक रहेका छन् । युरोकप आगामी जुन १४ देखि जुलाई १४ सम्म जर्मनीमा हुँदैछ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७