‘बेलायतमा पाँचमध्ये एक शिक्षकमाथि विद्यार्थीको दुर्व्यवहार’


१६ चैत्र २०८०, शुक्रबार
london

लण्डन । बेलायतका लगभग पाँचमध्ये एक शिक्षक आफू विद्यार्थीबाट दुर्व्यवहारको सिकार भएको बताउँछन् । विद्यालयहरू महामारीपछि विद्यार्थीहरूको व्यवहारमा आएका परिवर्तनहरूसँग जुधिरहेको बिहीबार सार्वजनिक सर्वेक्षण रिपोर्टले खुलासा गरेको हो ।

शिक्षा प्रमुख अमाण्डा स्पिलम्यानले गत वर्ष कोभिड लकडाउनका कारण सामाजिकीकरणमा भएको समस्याको फलस्वरुप राष्ट्रव्यापीरूपमा कक्षा कोठामा अपमानजनक व्यवहारमा वृद्धि भएको रिपोर्टसँगै यो निष्कर्ष आएको हो । बेलायतका विद्यालय निरीक्षण एजेन्सीका निवर्तमान प्रमुख अफस्टेडले शिक्षक र अझ बढी प्रधानाध्यापकको अत्यधिक समय लिइरहेको यो समस्याको समाधान हुन वर्षौ लाग्ने बताए ।

‘टिचर ट्याप’ सर्वेक्षण उपकरणको प्रयोग गरी बीबीसीले फेब्रुअरी र मार्चमा गरेको करिब नौ हजार विद्यालय कर्मचारीहरूको सर्वेक्षणमा पनि तीस प्रतिशत शिक्षकहरूले अघिल्लो हप्ता विद्यार्थीहरू शिक्षकसँग झगडा गरिरहेको देखेको बताएका थिए । एघारदेखि १८ वर्षका विद्यार्थीहरूसँग काम गर्ने १५ प्रतिशत शिक्षकहरूले आफूले विद्यार्थीहरूबाट यौन उत्पीडन अनुभव गरेको बताएका थिए ।

शिक्षक संघ (एनएएसयुडब्लुटी) ले कर्मचारीहरूले अत्यधिक तनाव अनुभव गरिरहेको भन्दै हडताल गर्ने सोच बनाइरहेको छ । संघले आफ्ना सदस्यसँग तलब, कामको बोझ र उनीहरूको कल्याणका विषय नवीकरण गर्ने औद्योगिक कारबाहीका लागि परामर्श गरिरहेको र आगामी दिनमा नतिजा घोषणा गर्ने बताएको छ । एनएएसयुडब्लुटीका महासचिव प्याट्रिक रोचले भने, ’बेलायतका शिक्षकहरूले कामको अत्याधिक बोझ र तनाब अनुभव गरिरहेका छन् । उनीहरूको अधिकारमा सुधार नगरी उनीहरू अघि बढ्न सक्दैनन् ।’ (एएफपी)

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७