सुनको भाउमा नयाँ ‘रेकर्ड’, तोलाको एक लाख ३० हजार पुग्यो


१६ चैत्र २०८०, शुक्रबार
Gold 2

काठमाडौं । नेपाली बजारमा सुनको भाउ हालसम्मकै महँगो भएर नयाँ ‘रेकर्ड’ कायम गरेको छ । आज (शुक्रबार) सुनको भाउ प्रतितोला एक लाख ३० हजार रुपैयाँ पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार २ हजार रुपैयाँले बढेर आज प्रतितोला सुनको मूल्य एक लाख ३० हजार रुपैयाँ पुगेको हो ।

यसअघि बिहीबार एक तोला सुनको मूल्य एक लाख २७ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो । तेजाबी सुन प्रतितोला एक लाख २७ हजार ३ सयमा कारोबार भइरहेको महासंघले जनाएको छ । सुनको मूल्य बढेसँगै चाँदीको पनि बढेको छ । प्रतितोला चाँदी एक हजार ५२५ रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७