व्यावसायी प्रदीप रुङटालाई आत्महत्या दुरुत्साहन मुद्दामा अदालतको सफाई


१६ चैत्र २०८०, शुक्रबार
Pradip rungta.jpg

चितवन । व्यावसायी प्रदीप रुङटालाई आत्महत्या दुरुत्साहन मुद्दामा अदालतले सफाई दिएको छ । विहीबार चितवन जिल्ला अदालतका न्यायाधीश डा. दिवाकर भट्टको एकल इजलासले दाबी नपुगेको भन्दै सफाई दिएको हो ।

चितवनका पोल्ट्री व्यवसायी शंकरप्रसाद कँडेलको मृत्यु प्रकरणमा व्यावसायी रुङटामाथि आत्महत्या दुरुत्साहनको मुद्दा लागेको थियो । व्यावसायी कँडेल गत बैशाख २० गते भरतपुरको बेलचोकस्थित आफ्नै कार्यालयमा झुण्डिएको अवस्थामा फेला परेका थिए । घटनास्थलमा फेला परेको सुसाइट नोटमा आफ्नो व्यवसायमा जोडिएका दुई जनाको नाम उल्लेख थियो । सोहि आधारमा प्रहरीले व्यावसायी रुङटा र जीवनबहादुर रावलमाथि आत्महत्या दुरुत्साहनको मुद्दा दायर गरेको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७