आर्मीलाई पराजित गर्दै एनआरटी विराट गोल्डकपको क्वार्टर फाइनलमा


१७ चैत्र २०८०, शनिबार
NRT.jpg 2

विराटनगर । त्रिभुवन आर्मी क्लबलाई पराजित गर्दै एनआरटी विराट गोल्डकपको क्वार्टर फाइनलमा पुगेको छ । विराटनगरस्थित शहिद रङ्गशालामा जारी विराट गोल्डकपको आठौँ संस्करणमा गए राति सम्पन्न खेलमा एनआरटीले आर्मी क्लबलाई २–० गोल अन्तरले पराजित गर्दै प्रतियोगिताको क्वार्टर फाइनलमा पुगेको हो ।

एनआरटीको जितमा विदेशी खेलाडी रिचार्ड र आफिज ओलावाले एक–एक गोल गरेका थिए । जितसँगै एनआरटीले आइतबार दोस्रो क्वार्टर फाइनल खेलमा भारतको सिक्किम डेगानसँग प्रतिस्पर्धा गर्नेछ । शनिबार पहिलो क्वार्टर फाइनल खेल घरेलु टिम सङ्ग्रिला मोरङ फुटबल क्बल र भुटानको आरटीसी एफसी क्बलबीच हुनेछ ।

यही चैत २४ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा विदेशी तीन टिमसहितका स्वदेशी ‘ए’ डिभिजनका १० टिमको सहभागिता रहेका छन् । गोल्डकपको विजेताले रु ११ लाख र उपविजेताले पाँच लाख ५० हजार पाउने छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७