झापामा एक महिलाको हत्या, छिमेकी पुरुष पक्राउ


१७ चैत्र २०८०, शनिबार
latest News nayapage1 scaled

झापा । झापाको गौरादहमा एक महिलाको हत्या भएको छ । झापा गौरादह–७ तामाङ चोक बस्ने ३५ वर्षीया सुमित्रा मुर्मूको छिमेकीको कुटाइबाट ज्यान गएको हो । बुधवार राति ९ बजेको समयमा स्थानीय ४५ वर्षीय मेघराज दर्जीले मुर्मूलाई मरणासन्न हुने गरी कुटपिट गरेका थिए ।

राति मेघराज दर्जीले आफ्नो घरमा चामल चोरिरहेको अवस्थामा मुर्मूले फेला पारेकी थिइन् । पक्राउ गर्न खोज्दा चोरीमा संलग्न दर्जीले मुर्मूलाई संवेदनशील अङ्गमा मुक्का र लात प्रहार गरी घाइते बनाएर भागेका थिए । घाइते मुर्मूलाई छिमेकीले आम्दा अस्पताल दमक पुर्‍याएका थिए ।

उपचारका क्रममा हिजो दिउँसो १ बजे मुर्मूको मृत्यु भएको प्रहरीले जनाएको छ । मृतकका आफन्तहरूले हिजो अस्थायी प्रहरी चौकी जुरोपानीमा उजुरी दिएपछि हत्यामा संलग्न दर्जीलाई इलाका प्रहरी कार्यालय, गौरीगञ्जबाट खटिएको टोलीले पक्राउ गरेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७