इलाम चोकमा घण्टी बजाउँदै रविले घोषणा गरे मिलनलाई रास्वपाको उम्मेदवार


१७ चैत्र २०८०, शनिबार
Rabi Milan 1

इलाम । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहित शीर्ष नेताहरूले आज (शनिबार) इलाममा मिलन लिम्बूलाई पार्टीको उम्मेदवार घोषणा गरेको छन् । आज इलाम चोक बजारमा घण्टी बजाउँदै आउँदो वैशाख १५ गते इलाम–२ मा हुने उपनिर्वाचनको उम्मेदवार मिलन लिम्बूलाई घोषणा गरिएको हो ।

Rabi Milan 2

उपप्रधान तथा गृहमन्त्री समेत रहेका लामिछानेले लिम्बूलाई चुवान चिन्ह घण्टी हस्तान्तरण गरेर उम्मेदवार घोषणा गरेका हुन् । आज मिलन लिम्बूको पक्षमा माहोल बनाउँदै उम्मेदवारी घोषणा गर्नका लागि उपसभापति स्वर्णिम वाग्ले, युवा तथा खेलकुद मन्त्री विराजभक्त श्रेष्ठ, सांसद तोसिमा कार्की, सहमहामन्त्री कविन्द्र बुर्लाकोटीलगायत नेताहरु इलाम पुगेका हुन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७