रोनाल्डोको लगातार दोस्रो ह्याट्रिक, अल नासरको फराकिलो जित


२१ चैत्र २०८०, बुधबार
ronaldo

काठमाडौँ । साउदी प्रो लिग अन्तर्गत अल नासरले अभाविरुद्ध फराकिलो जित हासिल गरेको छ । गए राति सम्पन्न खेलमा अल नासरले अभालाई ८–० गोल अन्तरले पराजित गरेको हो ।

अल नासरको जितमा क्रिस्टियानो रोनाल्डोले ह्याट्रिक गरेका थिए । साउदी लिगमा रोनाल्डोको यो लगातार दोस्रो ह्याट्रिक हो । अब्दुलाजिज अल अलिवाले २ तथा साडियो माने, अब्दुल्माजीद अल सुलैहीम र अब्दुल रहमान घरीबले एक एक गोल गरेका थिए ।

यो जितपछि अल नासरको साउदी लिगमा २६ खेलमा ६२ अंक भएको छ र लिगमा दोस्रो स्थानमा रहेको छ । अल नासर शीर्ष स्थानमा रहेको अल हिलाल भन्दा १२ अंकले पछाडि रहेको छ । अभाको भने २६ खेलमा २२ अंक छ र लिगमा १७ औं स्थानमा रहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७