अनिल कपुरको नायकको सिक्वेल बन्दै


२१ चैत्र २०८०, बुधबार
Nayak 1024x576 1

काठमाडौँ । २००१ को बलिउडको सुपरहिट फिल्म नायकको सिक्वेल बन्ने भएको छ । राजनीतिक विषयवस्तुमा बनेको यस फिल्ममा अनिल कपूर मुख्य भूमिकामा थिए । हालै निर्देशक एस शंकरले नायक–२ को स्क्रिप्टको विषयमा अनिल कपूरको घरमै पुगेर छलफल गरेको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् । मिडिया रिपोर्टका अनुसार यी दुईबीच लामो समयसम्म कुराकानी चलिरहेको छ ।

एस शंकरद्वारा निर्देशित फिल्म नायक सन् २००१ मा रिलिज भएको थियो । यो १९९९ को तमिल फिल्म मधुलवनको रिमेक थियो, जसलाई एस शंकरले निर्देशन गरेका थिए । फिल्ममा अनिल कपूरसँग रानी मुखर्जी, अमरिश पुरी, परेश रावल, जोनी लिभर देखिएका थिए ।

अनिल कपूर पछिल्लो पटक फिल्म फाइटरमा देखिएका थिए । सिद्धार्थ आनन्दले निर्देशन गरेको यस फिल्ममा ऋतिक रोशन, दीपिका पादुकोण, करण सिंह ग्रोवर र अक्षय ओबेरोय देखिएका थिए । फिल्मले बक्स अफिसमा राम्रो कलेक्सन गरेको थियो । हालै यो ओटीटीमा पनि रिलिज भएको छ । यसै क्रममा एस शंकर फिल्म गेम चेन्जर रिलिजको तयारीमा छन् । यस फिल्ममा रामचरण र रेन्ट आडवाणी मुख्य भूमिकामा देखिने छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७