के गर्छिन् अमिताभ बच्चनकी नातिनी नव्या ?


२४ चैत्र २०८०, शनिबार
nabeli

मुम्बई । बलिउड महानायक अमिताभ बच्चनकी नातिनी नव्या नवेली नन्दा फिल्मी क्षेत्रमा नभए पनि उनको चर्चा सधैं हुने गर्छ । नव्याले आफ्नो बुबाको व्यवसायमा बढी चासो रहेको बताउँदै अहिले आफ्नो सम्पूर्ण ध्यान त्यसमै केन्द्रित गरिरहेकी छन् ।

यस बाहेक नव्याले महिला सशक्तीकरणका लागि काम गरिरहेकी छन् । नव्याले आफ्नो परिवारको एस्कर्ट र ट्र्याक्टर व्यापारदेखि महिला सशक्तिकरणसम्बन्धी कामका साथै पारिवारिक पोडकास्ट पनि चलाउँदै आएकी छन् । उनले हालै दिएको एक अन्तर्वार्तामा भनेकी छन्, ‘म दिल्लीको व्यापारी परिवारबाट हुँ । बुबासहित चार पुस्ताले पारिवारिक व्यवसाय सम्हाल्दै आएका छन् । म सधैं व्यापारिक वातावरणमा हुर्केकी छु । बुबा घरमा आउँदा शेयर र व्यापारको कुरा गर्नु हुन्थ्यो । मलाई यसमा धेरै चासो थियो । मेरो कम्पनीले एस्कर्ट र ट्याक्टर उत्पादन गर्छ ।’

उनले अगाडि भनेकी छन्, ‘मलाई सानैदेखि ट्याक्टरमा धेरै रुचि थियो । आज पनि सामाजिक सञ्जालमार्फत महिला सशक्तिकरणका लागि काम गरिरहेकी छु र गरिरहनेछु । मलाई फिल्म र तिनको निर्माणमा कहिल्यै रुचि थिएन ।’ उनले आफ्नो भाइलाई सानैदेखि फिल्मको रुची भए पनि आफ्नो कहिल्यै फिल्ममा रुची नभएको बताएकी छन् ।

उनले भनेकी छन्, ‘भाइलाई सानैदेखि अभिनेता बन्ने रहर थियो । उनले फिल्ममा मौका पाएकोमा हामी निकै खुसी छौं । भगवानले उनलाई अझै अगाडि बढ्न मद्दत गरून् । विगत चार वर्षदेखि व्यवसाय हेर्दै आएको छु । मेरो आफ्नै एनजीओ प्रोजेक्ट नाभेली छ । उसको विकासको लागि दिनहुँ काम गरिरहेको छु । सबैलाई थाहा छ मलाई फिल्ममा रुचि छैन, सायद त्यही भएर अफर आउँदैन ।’

उनले आफ्नो एनजीओको सुरुवातको बारेमा भनेकी छन्, ‘मैले चार वर्षअघि कोभिडको समयमा परियोजना नभेली सुरु गरेको थिएँ । यस अन्तर्गत सबैभन्दा पहिले हामीले महिनावारीका बेला महिलाले भोग्ने समस्याका बारेमा काम गरेका छौं । त्यतिबेला उनीहरूको सरसफाइ कस्तो हुनुपर्छ भन्ने विषयमा छलफल भएको थियो । अहिले हामी शिक्षा, कानुनी चेतना र उद्यमशीलताको पनि कुरा गरिरहेका छौं । हामी महिलाहरूलाई निःशुल्क कानुनी परामर्श दिन्छौं। यदि तिनीहरू घरबाटै व्यापार गर्न चाहन्छन् भने हामी तिनीहरूलाई स्रोतहरू उपलब्ध गराउँछौं ।’

यसका साथै उनले शिक्षामा आधारित ’निमाया’ परियोजना समेत सञ्चालन गरिरहेकी छन् । साथै उनले आफ्नी आमा श्वेता नन्दा बच्चन र हजुरआमा जया बच्चनको साथमा पोडकास्ट समेत संचालन गरिरहेकी छन् । यसमा जीवनशैली, नयाँ पुस्ता र समाजका विविध पक्षमा छलफल गर्ने गर्छिन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७