खगराजको मुख्यमन्त्री नियुक्तविरुद्ध सर्वोच्च जाने तयारीमा कांग्रेस


२५ चैत्र २०८०, आईतवार
Nanda prasad

पोखरा । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा एमाले संसदीय दलका नेता खगराज अधिकारी नियुक्त भएपछि नेपाली कांग्रेसले सर्वोच्च जाने तयारी गरेको छ ।

नेपाली कांग्रेस गण्डकी, संसदीय दलका उप–नेता बिन्दु कुमार थापाले मुख्यमन्त्री नियुक्तिबारे आफूहरूले प्रदेश प्रमुखलाई ध्यानाकर्षण गराइसकेको बताए । उनले भने, ‘मुख्यमन्त्री नियुक्तीबारे आफूहरूले प्रदेश प्रमुखलाई ध्यानाकर्षण गराइसकेका छौँ । ध्यानाकर्षण पछि अहिले हामी छलफलमा छौँ ।’ अधिकारीले सभामुख समेतको समर्थनमा मुख्यमन्त्रीको दाबी पेस गरेका थिए ।

सभामुख समेतको समर्थनमा मुख्यमन्त्री बन्नु असंवैधानिक भएको भन्दै कांग्रेस सर्वोच्च जाने तयारीमा लागेको हो । गण्डकीमा एमाले संसदीय दलका नेता खगराज अधिकारीले आइतबार एमाले, माओवादी र राजीव गुरुङ (दीपक मनाङ) को समर्थनमा प्रदेश प्रमुख डिल्लीराज भट्टसमक्ष दाबी पेस गरेका थिए । त्यसपछि प्रदेश प्रमुखले खगराजलाई संविधानको धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्री नियुक्त गरेका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७