नव नियुक्त १० जिल्ला न्यायाधीशको पदस्थापन, को कहाँ ?


२५ चैत्र २०८०, आईतवार
nyaya parishad judicial council secretariat

काठमाडौँ । नव नियुक्त १० जिल्ला न्यायाधीशहरूको पदस्थापन भएको छ । २०८० चैत २५ गते आइतबार न्यायपरिषद्ले १० जिल्ला न्यायधीशहरुको पदस्थापन गरेको हो ।

पदस्थापन हुने न्यायधीशहरुमा अर्जुप्रसाद कोइरालालाई सरकार वकिलको कार्यालय दोलखाको जिल्ला न्यायाधिवक्ता, नरेन्द्रबहादुर बुढालाई सर्वोच्च अदालतको इजलास अधिकृत, जीवनकुमार भण्डारीलाई उच्च अदालत विराटनगरको रजिष्ट्रार, मुकुन्द आचार्यलाई उच्च अदालत पोखराको रजिष्ट्रार, विमला रेग्मीलाई महान्यायाधिवक्ताको कार्यालयमा उपन्यायाधिवक्तामा पदस्थापन गरिएको छ ।

त्यसैगरी पुष्पराज पाण्डेलाई बाजुरा अदालतको श्रेस्तादार, शिवबहादुर थापापाल्पा जिल्ला अदालतको श्रेस्तादर, महेन्द्र बहादुर कार्कीलाई सर्वोच्चको उपरजिष्ट्रार, दिपक घिमिरेलाई उर्जा मन्त्रालयको कानुन अधिकृत र फणेश्वरी घिमिरेलाई सर्वोच्चको इजलास अधिकृतमा पठाइएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७