राप्रपाले आज भृकुटीमण्डपमा १०८ शंखध्वनी जुलुस निकाल्दै


२६ चैत्र २०८०, सोमबार
Rajendra lingden raprapa 3

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले काठमाडौँ केन्द्रित जनप्रदर्शनको अघिल्लो दिन आज शध्वनी जुलुस गर्ने भएको छ । राप्रपा प्रवक्ता मोहनकुमार श्रेष्ठका अनुसार आज अपराहन्न २ः ३० बजे काठमाडौँको भृकुटीमण्डपमा राप्रपाले शंखध्वनी जुलुस गर्न लागेको हो ।

सनातन हिन्दु अधिराज्यको पुनः स्थापना, भ्रष्टाचार, कुशासनको अन्त्य, बैंक वित्तीय समस्या, बेरोजगारी र बेथितिको जगमा वर्तमान भ्रष्ट व्यवस्थाविरुद्धमा राप्रपाले १०८ शंखध्वनी जुलुस गर्ने प्रवक्ता श्रेष्ठले बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७