प्रतिपक्षको अवरोधपछि प्रतिनिधिसभा वैठक वैशाख २ सम्म स्थगित


२८ चैत्र २०८०, बुधबार
congress samsad

काठमाडौं । प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसलगायत अन्य प्रतिपक्ष दलहरू राप्रपा र लोसपासहितको अवरोधपछि प्रतिनिधिसभाको बैठक स्थगित भएको छ । आज (बुधबार) बसेको बैठकमा आकस्मिक समयमा दलीय प्रतिनिधिका आधारमा सांसदहरूको बोल्ने क्रम सकिएपछि सदन नियमित कार्यसूचीमा प्रवेश गर्ना साथ प्रतिपक्षका सांसदहरू उठेर विरोध जनाएका थिए ।

सभामुख देवराज घिमिरेले निरन्तर सांसदहरूलाई बस्न र सभा चलाउन सहयोग गर्न आग्रह गरेका थि ए। यद्यपि, प्रतिपक्षका सांसदहरू नबसेपछि सभामुख घिमिरेले आगामी ०८१ वैशाख २ गतेसम्मका लागि बैठक स्थगित भएको घोषणा गरे ।

प्रमुख प्रतिपक्ष दल कांग्रेसले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेमाथि सहकारी ठगी प्रकरणमा छानबिनका लागि संसदीय समिति बनाउनुपर्ने अडान राख्दै अवरोध गर्दै आएको छ । यता, सरकार पक्षले भने कुनै हालतमा रविमाथि छानविन समिति बनाउन नसकिने अडान राख्दै आएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७