इरानले इजरायलमाथि आक्रमण थालेपछि राष्ट्रसंघका महासचिवको अपिल : विश्वले अर्को युद्ध सहन सक्दैन


२ बैशाख २०८१, आईतवार
antonio guterres NQfi3kNqEl

काठमाडौं । संयुक्त राष्ट्रसंघका महासचिव एन्टिनियो गुटेरेसले इरानले इजरायलमाथि गरेको आक्रमणको आक्रमणको निन्दा गर्दै विश्वले अर्को युद्ध सहन नसक्ने टिप्पणी गरेका छन् । उनले शनिवार राति वक्तव्य जारी गर्दै दुवै देशलाई शत्रुता अन्त्य गर्न अपिल पनि गरेका छन् ।

‘म विनाशकारी युद्धको खतराबारे चिन्तित छु । म सबै पक्षलाई मध्यपूर्वमा धेरै मोर्चाहरूमा ठूलो सैन्य टकराव निम्त्याउन सक्ने कुनै पनि कार्यबाट बच्न अधिकतम संयम अपनाउन आग्रह गर्दछु,’ उनले भनेका छन्, ‘मैले बारम्बार जोड दिएको छु कि न त मध्यपूर्व न त विश्वले अर्को युद्ध सहन सक्छ ।’

इरानले शनिवार राति इजरायलका तेल अभिभ र जेरुसेलममा २०० बढी ड्रोन र मिसाइलमार्फत् आक्रमण गरेको छ ।आक्रमणपछि इजरायलमा तनावको स्थिति पैदा भएको छ । आक्रमणबाट इजरायलका केही सैन्य क्याम्पमा क्षति पुगेको इजरायल डिफेन्स फोर्स (आईडीएफ) का प्रवक्ता एडमिरल डेनियल हगारीले बताएका छन् । यद्यपि इरानले प्रहार गरेका केही ड्रोनलाई इजरायलले र केहीलाई अमेरिकी सेनाले निष्कृय पारेको उनको दाबी छ ।

गत अप्रिल १ मा इजरायलले सिरियाको राजधानी दमास्कसमा रहेको इरानको वाणिज्य दूतावासमा इजरायलले हवाई आक्रमण गरेको थियो । सो आक्रमणबाट सैन्य कमाण्डरसहित सात जनाको मृत्यु भएको थियो । सो क्रममा इरानको कुद्स फोर्सका कमाण्डर ब्रिगेडियर जनरल मोहम्मद रेजा जाहेदी, डेपुडी ब्रिगेडिएर जनरल मोहम्मद हादी हाजी रहीमीलगायत मारिएका थिए ।

त्यसको बदलामा इरानले इजरायललाई आक्रमण गर्ने धम्की दिएको थियो । सोहीअनरुप शनिवार राति स्थानीय समयअनुसार १ः४५ बजे इरानले इजरायलमा आक्रमण गरेको हो । इरानले पठाएका केही ड्रोन आइतवार बिहानसम्म पनि इजरायली आकाशमा उडिरहेको बताइएको छ । यी चाँडै इजरायलसम्म पुग्ने सम्भावना छ । गत वर्षको अक्टोबर ७ मा हमासले इजरायलमाथि आक्रमण गरेयता मध्यपूर्वमा तनाब छ । गाजामा युद्ध जारी छ । यसमा इरान पनि संग्लग्न भएसँगै यसले झनै उग्ररुप लिने संकेत देखिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७