एमालेको प्रतिनिधि परिषद्को बैठकमा देउवालाई निम्ता


७ बैशाख २०८१, शुक्रबार
yogesh.jpg 2 m7zwjyCEnb

काठमाडौं । नेकपा एमालेले आफ्नो राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्को बैठकमा अतिथिका रूपमा सहभागी हुन् नेपाली कांग्रेस सभापति शेरबहादुर देउवालाई निमन्त्रणा दिएको छ ।

एमालेका सचिव योगेश भट्टराईले देउवाको बुढानीलकण्ठस्थित निवासमै पुगेर पार्टीको तर्फबाट निमन्त्रणा दिएका हुन् । एमालेको प्रतिनिधि परिषद् बैठक गोदावरीस्थित सनराइज हलमा शनिबारबाट शुरु हुँदैछ । एमालेको दशौं राष्ट्रिय महाधिवेशनमा निर्वाचित महाधिवेशन प्रतिनिधिहरू भेलामा सहभागी हुँदैछन् ।

सो अवसरमा सचिव भट्टराईसँगै बुढानीलकण्ठका नगर प्रमुख मिठाराम अधिकारी, एमालेका काठमाडौँ जिल्ला अध्यक्ष दिपक निरौला, एमाले बुढानीलकण्ठ नगर अध्यक्ष प्रदिप डंगोल र वडा नम्बर २ का वडाध्यक्ष राजेन्द्र श्रेष्ठ समेत उपस्थित थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७