एफए कप : चेल्सीलाई स्तब्ध पार्दै सिटी फाइनलमा


९ बैशाख २०८१, आईतवार
fa cup

काठमाडौँ । साविक विजेता म्यानचेस्टर सिटी एफए कपको फाइनलमा प्रवेश गरेको छ । शनिबार रातिको खेलमा चेल्सीमाथि १–० को जित निकाल्दै सिटीले उपाधि भिडन्त पक्का गरेको हो ।

सिटीको जितमा बर्नार्डो सिल्भाले खेलको ८४औं मिनेटमा गरेको गोल नै निर्णायक बन्यो । केभिन डी ब्रुइनले बक्स भित्रबाट नै गरेको क्रस चेल्सी गोलरक्षक जोर्डजे पेट्रोभिचले क्लियर गर्न खोजेपछि सिल्भाको खुट्टामा पुगेको थियो ।

सिल्भाको प्रहार सहजै गोलमा परिणत भएको थियो । सिटीले आज हुने म्यानचेस्टर युनाइटेड र कोभेन्ट्री सिटीबीचको विजेतासँग फाइनल खेल्नेछ । गत संस्करणको फाइनलमा सिटीले युनाइटेडलाई २९१ ले हराउँदै उपाधि जितेको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७