रोयल च्यालेन्जर्स बैंगलुरुमाथि कोलकाताको रोमाञ्चक जित


१० बैशाख २०८१, सोमबार
royal

काठमाडौँ । कोलकाता नाइट राइडर्सलेले रोयल च्यालेन्जर्स बैंगलुरुमाथि रोमाञ्चक जित हासिल गरेको छ । इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत कोलकाताले बैंगलुरुमाथि एक रनको रोमाञ्चक जित हासिल गरेको हो ।

कोलकोताले दिएको २२३ रनको लक्ष्य पछाएको बैंगलुरुले २० ओभरमा अल आउट हुँदै २२१ रन बनाए पछि खेल एक रनले हारेको हो । यसअघि पहिला ब्याटिंग गरेको कोलकाताले २० ओभरमा ६ विकेट गुमाएर २२२ रन बनाएको थियो । यो कोलकोताको यस सिजनमा पाँचौं जित हो ।

७ खेलमा ५ जित र २ हारसहित १० अंक हासिल गरेको कोलकोता दोस्रो स्थानमा उक्लिएको छ । त्यसैगरी बैंगलुरुको भने यो सातौं हार हो । बैंगलुरुको ८ खेलमा एक जित र ७ हार बेहोरेको छ । यसका साथै बैंगलुरुको अब प्लेअफको सम्भावना लगभग समाप्त भएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७