विश्वमा नै पहिलो पटक चीनले बनायो चन्द्रमाको पूर्ण नक्सा


१० बैशाख २०८१, सोमबार
map moon hd0BujVeiV LlcHoQEaGZ

बेइजिङ । चीनले १.२ः५ मिलियन स्केलको चन्द्रमाको भौगोलिक नक्सा जारी गरेको छ । जुन संसारको पहिलो पूर्ण उच्च परिभाषासहितको चन्द्रमा भूगर्भीय एटलस हो, जसले आधारभूत नक्सा डेटा उपलब्ध गराएको चिनिया सञ्चारमाध्यमले जनाएका छन् ।

चीनले चन्द्रमाको पूर्ण नक्सा जारी गरेपछि भविष्यमा चन्द्रमाको अनुसन्धान र अन्वेषणका लागि निकै उपयोगी हुने वैज्ञानिकहरूले जनाएका छन् । चिनियाँ र अङ्ग्रेजी दुवै भाषामा उपलब्ध यो भौगोलिक एटलस सेटमा लुनार ग्लोबको भूगर्भीय एटलस र चन्द्रमाको भौगोलिक एटलसको नक्सा चतुर्भुजहरू समावेश गरिएको चिनियाँ एकेडेमी अफ साइन्सेस (सिएअस) को जियोकेमिस्ट्री संस्थानले जनाएको छ ।

‘चन्द्रमाको भौगोलिक एटलस चन्द्रमाको विकासको अध्ययन गर्न, भविष्यको चन्द्र अनुसन्धान स्टेशनको लागि साइट चयन गर्न र चन्द्र स्रोतहरू प्रयोग गर्नको लागि ठूलो महत््वको हुने उसको दावी रहेको छ । ‘यसले हामीलाई पृथ्वी र सौर्यमण्डलका अन्य ग्रहहरू राम्रोसँग बुझ्न मद्दत गर्न सक्छ, जस्तै मंगल ग्रहको पनि’ ओइयु जियाङले भने । उनी सिएअसका शिक्षाविद् र एक प्रसिद्ध चन्द्रमा वैज्ञानिक हुन् ।

‘विगतका दशकहरूमा चन्द्रमा अन्वेषण र वैज्ञानिक अनुसन्धानको क्षेत्रमा विश्वले महत्वपूर्ण प्रगति देखेको छ, जसले चन्द्रमाको बारेमा हाम्रो बुझाइमा धेरै सुधार गरेको छ । यद्यपि अपोलो युगमा प्रकाशित चन्द्र भूगर्भीय नक्साहरू लगभग आधासम्म परिवर्तन भएका छैनन्, शताब्दी पुरानो सो नक्साले अझै पनि चन्द्र भूवैज्ञानिक अनुसन्धानको लागि प्रयोग भइरहेको छ तर ती पुराना नक्साहरूले भविष्यको वैज्ञानिक अनुसन्धान र चन्द्र अन्वेषणको आवश्यकताहरू पूरा गर्न सक्दैन थिए,’ जियोकेमिस्ट्री संस्थानका वरिष्ठ अनुसन्धानकर्ता लिउ जियानझोङले भने । अब चीनले चन्द्रमाको पूर्ण नक्सा प्रकाशित गरेपछि चन्द्रमाका बारेमा अनुसन्धान गर्न, खोज गर्नका लागि थप सहज हुने उनीहरूको भनाइ छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७