म्याद नाघेको औषधी जलाउँदा २२ विधार्थी बेहोस


२५ जेष्ठ २०७५, शुक्रबार
unconscious

धादिङ २५ जेठ । धादिङका एक विधालयमा एक्कासि एकै कक्षाका बीस विधार्थी बिरामी परेका छन् । गल्छी गाउँपालिका वडा नम्बर ६ बैरेनीस्थित बागेश्वरी मावि कक्षा ८ मा अध्यायान गरिरहेका अवस्थामा एक्कासि बाहिरबाट आएको अजीबको धुवाँको गन्धले विधार्थी बिरामी परेको हो ।

unconscious
सांकेतिक तस्बिर

बाहिरबाट धुवाँको गन्ध आउने बित्तिकै विधार्थी चिच्याउने र बेहोस हुने लक्षण देखिएको बिधालयका प्रधानाध्यापक राजन अधिकारी बताएका छन् । कक्षा ९ का समेत २ जना बिरामी परेका छन् ।

स्वाथ्यचौकीमा रहेको फोहोर जन्य वस्तु साथै म्याद कटेका औषधी जलाएको धुवाँको गन्धले भएको अनुमान गरिएको छ । विधार्थी पढिरहेको समयमा स्वाथ्यचौकीले फोरजन्य वस्तु जलाएको थियो । धुवाँ विधालयमा गएको थियो । सोही समयमा विद्यार्थी एकाएक बेहोश भएर ढल्न थालेका थिए । तर, स्वाथ्यचौकीका इन्चार्च रामप्रसाद ज्ञवालीले भने अन्य कारणले विधार्थी बिरामी भएको बताएका छन् ।

बिरामी परेका २२ विधार्थी मध्ये २१ जना छात्रा रहेका छन्, भने १ छात्र भएको विधालयले जनाएको छ । अहिले उनीहरूको उपचार बैरेनीमा स्वास्थ्यचौकीमा भइरहेको छ । १३ जना गम्भीर रहेकालाई उनीहरूलाई थप उपचारका लागि वीर अस्पतालको ट्रमा सेन्टर भर्ना गरिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७