डा. उपेन्द्र देवकोटालाई जन्मथलो गोरखा लगिँदै, गाउँकै सिस्नेधाराको पानी पिउने चाहना


२६ जेष्ठ २०७५, शनिबार
Upendra Yadav

काठमाडौं, २६ जेठ । न्यूरो हस्पिटल उपचारार्थ रहेका वरिष्ठ न्यूरो सर्जन डा. उपेन्द्र देवकोटालाई उनको जन्मथलो गोरखा लगिने भएको छ । उनलाई उनकै इच्छाअनुसार जन्मथलो लैजान लागिएको हो ।Upendra Yadav

उनलार्इ हेलिकोप्टरबाट लगेर केही क्षेत्रमा फर्काइने डा. तारा अधिकारीले जानकारी दिए । जसका लागि हेलिकप्टर अस्पताल परिसर अवतरण गरिसकेको छ ।

६३ वर्षीय डा. देवकोटाले गाउँको पानी पिउने पुरानो सिस्नेधाराको पानी पिएर जन्मघरको पिढिमा सुस्ताउने इच्छा परिवारलाई जाहेर गरेपछि पालुङटार नगरपालिको बोहरागाउँमा लान लागिएकाे हाे । बोहरागाउँबाट १० मिनेटको दूरीमा रहेको आँप पिपल पण्डित गाउँमा डा देवकोटाको पुख्र्याैली घर छ ।

पित्त थैलीको क्यान्सरका काारण गम्भीर बिरामी वरिष्ठ न्यूरो सर्जन डा. उपेन्द्र देवकोटालाई  बाँसबारीस्थित न्यूरो अस्पतालमा उपचारर्थ छन् ।  उनकै इच्छा अनुसार हेलिकोप्टरबाट गोरखाको आँपपिपल पण्डित गाउँस्थित जन्मघरमा हेलिकोप्टरबाट लान लागिएको हो ।

याे पनि पढ्नुहाेस्
डा. देवकोटाको स्वास्थ्यमा सुधार, उपाधि ग्रहण गर्दे भने, ‘आइएम ह्याप्पी’

 

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७