किन खुम्चिए निर्वाचनमा महिला ?


११ कार्तिक २०७४, शनिबार
sthaniy nirwachn mahila

काठमाडाैं : आगामी मंसिर १० गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको पहिलो चरणको निर्वाचनमा जम्मा पाँच प्रतिशत महिलाले मात्रै उम्मेदवारी पाएपछि यसको क्षतिपूर्ति दोस्रो चरणको निर्वाचनमा मनोनयनमार्फत गराउन महिलानेत्रीहरू जुर्मुराएका छन् । यसका लागि सडक आन्दोलन गर्नेदेखि पुरुष नेतालाई जिताउन महिला मतदातालाई मतदान नगर्न आग्रह गर्नेसम्मका चेतावनी महिलानेत्रीहरूले दिएका छन्। अाजकाे अन्नपूर्ण पाेष्टमा खबर छ ।

sthaniy nirwachn mahila
महिलानेत्रीहरू आफू प्रत्यक्षमा चुनाव लड्न तयार हुँदा पनि जिल्ला तहमै छनोटमा पर्न धेरै कठिनाइ भएको बताउँछन् । जिल्ला तहबाट छानिएर प्रतिनिधिसभा तथा प्रदेशसभाको लागि मनोनयनमा परे पनि उम्मेदवारी घोषणाको बेला गठबन्धनको मारमा महिला नै पर्ने गरेका छन् । यस्तो पीडा केन्द्रीय स्तरका धेरै महिलानेत्रीहरूले समेत भोग्नुपरेको छ ।
पहिलो चरणको निर्वाचनका लागि प्रतिनिधिसभा र प्रदेशसभा गरी ८०७ जनाको उम्मेदवारी परेकोमा महिला संख्या ४१ मात्र रहेको छ । यसमध्ये प्रतिनिधिसभा निर्वाचनका लागि ३२३ जनाले उम्मेदवारी दिएकोमा महिलाको संख्या १८ मात्र छ । त्यसैगरी प्रदेशका लागि ४८४ जनाको उम्मेदवारी परेकोमा महिला संख्या २४ मात्र रहेको छ । यसमा सबैभन्दा ठूलो भनिएका दलबाटै महिलाको अति न्यून उम्मेदवारी परेको छ । साना दलले भने तुलनात्मक रूपमा बढी महिलालाई उम्मेदवार बनाएका छन् । उदाहरणका लागि एमालेले प्रत्यक्षमा एकजना पनि महिला उम्मेदवार उठाएको छैन ।
प्रतिनिधिसभा निर्वाचन ऐन निर्माणका क्रममा महिला सांसदहरूले राज्य व्यवस्था समितिमा समूहगत रूपमा प्रत्यक्षतर्फ उम्मेदवारीमा महिलाका लागि ३३ प्रतिशत निर्वाचन क्षेत्र आरक्षित गरिनुपर्ने जस्ता संशोधन प्रस्ताव राखे पनि अस्वीकृत भएको थियो । यसमा आफ्नो संस्थामार्फत बारम्बार पहल गरेको बताउँदै अन्तरपार्टी महिला सञ्जालकी सदस्य कल्याणी रिजालले भनिन्, ‘कानुनले बाध्य नबनाएसम्म महिलाको उपस्थिति उल्लेख्य हुन सक्दैन।’
कांग्रेस नेत्री रिजाल काठमाडौं क्षेत्र नं १ बाट प्रतिनिधिसभा र प्रदेशसभा दुवैका लागि मनोनयनमा परेकी छन् । प्रत्यक्ष र समानुपातिक दुवैतर्फ आफ्नो नाम समेटिए पनि अन्तिम घोषणा नभएसम्म विश्वस्त हुन नसक्ने उनले गुनासो गरिन् । पहिलो संविधानसभामा सांसद रहेकी रिजालको दोस्रो संविधानसभामा अन्तिममा नाम हटाइएको थियो । यही घटनाले पनि सशंकित रिजालले भनिन्, ‘हेरौं के थाहा छ र रु ल..ल.. भन्दाभन्दै खुस्काइदिने पो हुन् कि ? ’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७