गृहमन्त्री र अर्थमन्त्रीको कार्यकाल असार ४ को गोलाप्रथाले निर्धारण गर्ने

राष्ट्रियसभा सदस्यको पदावधि निर्धारणका लागि असार ४ मा गोलाप्रथा


२७ जेष्ठ २०७५, आईतवार
ram bahadur thapa badal and yubraj khatiwada1

काठमाडौँ, २७ जेठ । राष्ट्रियसभाका ५९ जना सदस्यको पदावधि निर्धारणका लागि असार ४ गते गोलाप्रथाको प्रयोग हुने भएको छ । राष्ट्रियसभा नियमावली आइतबार पारित भएसँगै संघीय संसद् सचिवालयले दलहरुको परामर्शमा असार ४ गते लागि समय तोकेको हो ।ram bahadur thapa badal and yubraj khatiwada1

राष्ट्रिय सभा सदस्यका २, ४ र ६ वर्षको पदावधि निर्धारण गर्न गोला प्रथा हुने भएको हो । संविधानअनुसार राष्ट्रियसभाका एक तिहाइ सदस्यको पदावधि दुई वर्ष, अर्को एक तिहाइको चार वर्ष र बाँकी एक तिहाइको छ वर्ष हुनेछ ।

यद्यपी कार्यकाल समाप्त हुनुअघि नै निर्वाचन आयोगले राष्ट्रिय सभाको निर्वाचन गराउनेछ। राष्ट्रिय सभा अविच्छिन्न भएकाले कार्यकाल सकिए लगत्तै नयाँ सदस्य चयन हुनेछन्।

गोलाले अहिलेका राष्ट्रिय सभाका अध्यक्ष र उपाध्यक्षसहित सरकारका गृहमन्त्री रामबहादुर थापा बादल र अर्थमन्त्री युवराज खतिवडाको मन्त्रालयको कार्यकालसमेत गोलाले निर्धारण गर्नेछ ।

राष्ट्रियसभामा प्रत्येक प्रदेशबाट आठजना र राष्ट्रपतिबाट मनोनीत तीनजना गरी ५९ जना सदस्य छन् । राष्ट्रियसभा नियमावलीअनुसार पदावधि निर्धारणका लागि खुला र महिलातर्फ क्लस्टर र प्रदेशअनुसार छुट्टाछुट्टै गोलाप्रथा हुनेछ । भने दलित र अपांगता भएका वा अल्पसंख्यकको सातै प्रदेशबाट निर्वा्चित सात जनाबीच एकैपटक गोला हानिनेछ ।

राष्ट्रपतिबाट मनोनीत तीनजनाको छुट्टै गोलाप्रथाबाट पदावधि निर्धारण गरिनेछ । गोलामा २, ४ र ६ वर्ष लेखेर नेपाली भाषाको वर्णानुक्रमअनुसार सदस्यहरुलाई गोला तान्न लगाइनेछ जस अनुसार दुईजनाको पदावधि दुई वर्ष, अर्को दुईजनाको चार वर्ष र दुईजनाको छ वर्ष हुनेछ ।

नियमावलीअनुसार दलित र अल्पसंख्यक सदस्यबीच गोलाप्रथा गराउँदा दुई, चार, छ र शून्य वर्ष लेखिएको गोला राखिनेछ । शून्य वर्ष गोला तान्ने एकजनाले दोस्रोपटक फेरि चार वा छ वर्ष लेखिएको गोलामध्ये एक झिक्नेछ ।

गोला प्रथाबाट खाली हुन आएको स्थानमा त्यसै क्लस्टरबाट पुनः निर्वाचन गरिनेछ । राष्ट्रियसभा निर्वाचनमा नगरपालिकाका प्रमुख र उपप्रमुख, गाउँपालिकाका प्रमुख र उपप्रमुख तथा प्रदेशसभाका सदस्यहरुले मतदान गर्नेछन् । स्थानीय तहका पदाधिकारीको मतभार ४८ र प्रदेशसभा सदस्यको मतभार ७८ हुन्छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७