त्रिशूली बस दुर्घटनामा मृत्यू हुनेको संख्या ३१ पुग्यो


११ कार्तिक २०७४, शनिबार
bus accidnt

धादिङ :  राजविराजबाट काठमाडाैं आउँदै गरेको यात्रुवाहक बस त्रिशुलीमा खस्दा मृत्यू हुनेको संख्या ३१ पुगेको छ ।शनिबार बिहान करिव साढे ५ बजे त्रिशुली नदीमा खसेको बसमा मृत्यु भएकामध्ये ३१ जनाको शव निकालिएको छ । मृतकको संख्या अझै बढ्न सक्ने प्रहरीको भनाइ छ । bus accidnt

 मृत्यु हुनेमा ११ पुरुष, १० महिला र १० बालबालिका छन् । मतृक मध्ये १२ जनाको सनाखत भएको छ । जिल्ला प्रशासन कार्यालय धादिङका प्रशासकीय अधिकृत राममणि मिश्रका जानकारी दिए ।
मृत्यु हुनेहरुमा बालबालिकाहरु उल्लेख्य छन् । तीमध्ये १२ जनाको सनाखत भएको छ । सनाखत भएकामध्ये भारतीय नागरिक २९ वर्षीया ममतादेवी ठाकुरबाहेक अधिकांश सप्तरी जिल्लाका छन् । मृत्यु हुनेहरुमा शिसिकुमारी झा राजकुमार यादव, नरेश मुखिया, चन्द्ररेखा, चन्द्रवती झा, मञ्जितकुमार झा, पार्वती चौधरी, आदित्य यादव, रञ्जीतकुमार झा, सुशान्त चौधरी र रमानन्द यादव छन् ।
राजविराजबाट काठमाडौं जाँदै गरेको ना६ख १४६७ नम्बरको सन्देश ट्राभल्सको बस त्रिशुलीमा खसेको थियो । प्रहरीका अनुसार राजविराजबाट १७ जना यात्रु लिएर गुडेको बसले हेटौंडामा आएर पल्टी गरेको थियो । हेटौंडाबाट छतमा समेत यात्रु खचाखच लिएर काठमाडौं हिँडेको घाइते यात्रु बताउँछन् ।
घाइतेको अनुसार छत्र र बस भित्र गरेर ५० जना भन्दा बढी यात्रु सवार थिए । अहिलेसम्म १६ जना घाइतेको उद्दार गरिएको छ । बसले थिचेको हुनसक्ने आशंकामा खोजी भइरहेको प्रहरीले जनाएको छ ।
बिहानैदेखि प्रहरीसहित गोताखोर टोली उद्दारमा खटिएको छ । नदीमा डुबेको बसलाई क्रेनको सहायताले बाहिर निकाल्ने प्रयास भइरहेको छ ।घटनास्थलमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली उद्धारका लागि परिचालन गरिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७