श्रीमानविरुद्ध बलात्कारको उजुरी
गुलरिया, ४ असार । श्रीमानले जबरजस्ती करणी गरेको भन्दै बर्दियामा श्रीमतीले श्रीमानविरुद्ध जबरजस्ती करणीको मुद्दा दर्ता गरेकी छिन् । एक ४८ वर्षीया महिलाले जिल्ला प्रहरी कार्यालय बर्दियामा मुद्दा दर्ता गरेकी हुन् ।
श्रीमतीले दिएको उजुरीको आधारमा ५२ वर्षीय श्रीमानलाई पक्राउ गरी थप अनुसन्धान शुरु गरिएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायव उपरीक्षक युवराज खड्काले बताएका छन् । उनले भने, ‘आफ्नै श्रीमतीले प्रहरीमा उजुरी गरेपछि हामीले श्रीमानलाई पक्राउ गरेका हौं ।’ कानुनले श्रीमानविरुद्ध करणीको उजुरी गर्न पाउने अधिकार सुनिश्चित भएसँगै यस्ता उजुरी सुनिन थालेका छन् ।