फ्रान्स विश्वकपको अन्तिम १६ मा प्रवेश तेस्रो टोली
काठमाडौं, ७ असार । जारी विश्वकपमा समुह ‘सि’बाट फ्रान्स अन्तिम १६ मा प्रवेश गरेको छ । फ्रान्स पेरुलाई १–० गोलले पराजित गर्दे अन्तिम १६ मा प्रवेश गरेको हो । जितसँगै फ्रान्सले एक खेल अगाबै अन्तिम १६ मा स्थान बनाएको हो ।
खेलको ३५औं मिनेटमा ओलिभर गिराउडले उपलब्ध गराएको पासमा एक यार्ड मात्रै दुरीमा रहेका मबाप्पेले सजिलो गोल गरेका थिए । गोलसँगै १९ वर्ष ६ महिनाका मबाप्पेले विश्वकपमा गोल गर्ने फ्रान्सको इतिहासका सबैभन्दा कम उमेरका खेलाडी बने ।
जितसँगै फ्रान्स विश्वकपको अन्तिम १६ मा पुग्ने तेस्रो टोली बनेको छ। समुहमा दुई खेल खेलको फ्रान्सको ६ अंक छ । यसअघि बुधबार रसिया र उरुग्वेले अन्तिम १६ मा स्थान बनाइसकेका छन् ।
फ्रान्सले पहिलो खेलमा अष्ट्रेलियालाई २ – १ ले हराएको थियो । अब फ्रान्सले अन्तिम खेलमा डेनमार्कसँग खेल्ने छ । फ्रान्ससँगको यो हारसंगै पेरु प्रतियोगिताबाट बाहिरीएको छ । पेरु पहिलो खेलमा डेनमार्कसँग १ – ० ले हारेको थियो । अब पेरुले अन्तिम खेलमा अष्ट्रेलियासँग खेल्ने छ ।