एमालेको पूर्वसभासद विनोद चौधरी कांग्रेसमा, सांसद बनाउने पक्का


१३ कार्तिक २०७४, सोमबार

काठमाडौं : उद्योगी तथा एमालेका पूर्व सांसद विनोद चौधरीलाई कांग्रेसले समानुपातिक सूचीमा राखेको छ। फोर्ब्सको विश्वकै धनीहरुको सूचीमा परेका उनलार्इ कांग्रेसले निर्वाचन आयोगमा आइतवार राति बुझाएको समानुपातिक सूचीमा राखेको हो । स्रोतका अनुसार उनलाई मधेसी, अल्पसंख्यक मारवाडी कोटाबाट समानुपातिकको सूचीमा राखिएको छ ।

Binod Chaudhary

यसअघि चौधरी  ०६४ सालको संविधानसभा निर्वाचनमा एमालेबाट समानुपातिक सभासद भएका थिए । भने  ०७० मा एमालेबाटै नवलपरासीबाट प्रत्यक्षका लागि सिफारिस भएका थिए । तर, उनले त्यहाँ चुनाव लड्न चाहेनन् ।

पार्टीलाई चुनावका लागि आर्थिक सहयोग गर्ने आश्वासनपछि चौधरीलाई समानुपातिकमा राखिएको कांग्रेस स्रोतको भनाइ छ । चौधरीलाई कांग्रेसमा ल्याउने महामन्त्री सशांक कोइरालाले विशेष पहल गरेका थिए ।    समानुपातिक सूचीको सुरुआतीतिरै चौधरीको नाम भए उनी सा‌ंसद हुने पक्का छ। यसपालि समानुपातिकको बन्दसूची पठाइएको छ जुन सूचीका नाम तलमाथि हेरफेर गर्न पाइँदैन।

एमालेभित्र माधव नेपाल निकट   रहेका उनी   केपी ओली शक्तिमा आएसँगै छाँयामा परे ।  एमाले नेता एवं पूर्व अर्थमन्त्री भरतमोहन अधिकारीका प्रिय रहेका चौधरीको कांग्रेस नेताहरुसँग पनि सुरु देखिनै निकट सम्बन्ध थियो ।

चौधरी विश्व प्रसिद्ध फोर्ब्स म्यागेजिनको अर्बपतिको सूचिमा पर्ने एक मात्र नेपाली हुन।फोर्ब्सले जनाए अनुसार अहिले उहाँको सम्पत्ति एक अर्ब ३० करोड अमेरिकी डलर रहेको छ । चौधरी समूहको विश्वका विभिन्न देशका होटेलमा लगानीसमेत रहेको छ । लोकप्रिय चाउचाउको वाइवाइको ब्रान्डलाई समेत विश्वका विभिन्न देशमा चौधरी समूहले विस्तार गरिसकेको छ ।

 

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७