जनमोर्चा नेपाल र राष्ट्रिय जागरण परिषद एमालेमा समाहित


१५ कार्तिक २०७४, बुधबार
CPN UML office

काठमाडौं : साध्यबहादुर भण्डारीले नेतृत्व गरेको जनमोर्चा र  राष्ट्रिय जागरण परिषद् नेपाल नेकपा एमालेमा समाहित भएको छ । नारायणकाजी श्रेष्ठ नेतृत्वको जनमोर्चा तत्कालीन नेकपा माओवादीसँग एकीकरण भएपछि त्यसबाट अलग रहेको समुह जनमोर्चा नेपाल एमाले प्रवेश गरेको हो ।

CPN UML office

जागरण परिषद समुह भने भारतले नाकाबन्दी लगाएपछि स्वतन्त्र ब्यक्तित्व र विज्ञहरु सम्मिलित राष्ट्रिय जागरण अभियानले राष्ट्रियताका मुद्दामा अध्ययन, बहस र अभियान चलाउँदै आएको थियो ।

‘नेकपा एमाले र जनमोर्चा नेपाल बीच तथा राष्ट्रिय जागरण परिषद नेपाल सम्बद्ध बौद्धिक व्यक्तित्व बीच पार्टी एकिकरण भएको छ । आजैका मितिदेखि उपरोक्त पार्टी÷संगठन  एमालेमा समायोजन भएको छ’ एमाले महासचिव ईश्वर पोखरेल र जनमोर्चाका अध्यक्ष साध्यबहादुर भण्डारीले संयुक्त रुपमा जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

उनीहरुको संयुक्त विज्ञप्तिमा नेपालमा छरिएर रहेका वामपन्थीहरुलाई वृहत वाम भएकताको प्रयासलाई स्वागत गर्दै एकता प्रक्रियामा समाहित हुने जनाइएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७