आमा सुरक्षाका लागि थप २० करोड अपुग


२० असार २०७५, बुधबार
7 Shares
aama

काठमाडौं, २० असार । आमा सुरक्षा कार्यक्रमअन्र्तगत दिइने गर्भवती उत्प्रेरण सेवा र सुत्केरीलाई यातायात खर्च अपुुग भएको छ ।
चालू आवको अन्तिम साता हुनै लाग्दा स्वास्थ्य सेवा विभाग परिवार स्वास्थ्य महाशाखामा सयभन्दा बढी स्थानीय तहले रकम अपुग भएको भन्दै निवेदन पठाएका छन् ।aama

स्वास्थ्यमा सुत्केरी हुने, आमा, नवजात शिशुको मृत्युदर घटाउन आमा सुरक्षा कार्यक्रम लागू गरिएको हो । सरकारले चालू आवमा आमा सुरक्षा कार्यक्रमका लागि रु एक अर्ब ३१ लाख रकम विनियोजन गरेको थियो । अहिले पनि सयभन्दा बढी स्वास्थ्य संस्थाले बजेट सकिएपछि पनि पछि दिने भन्दै सुत्केरीलाई घर पठाइरहेको बताएका छन् ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

परिवार स्वास्थ्य महाशाखाले ती स्वास्थ्य संस्थालाई थप २० करोडभन्दा बढी रकम आवश्यक भएको बताएको छ । परिवार स्वास्थ्य महाशाखा निर्देशक डा. तारानाथ पोखरेलले सरकारले आगामी आर्थिक वर्षदेखि गर्भवती उत्प्रेरण सेवा र सुत्केरीलाई यातायात रकम दोब्बरले वृद्धि गरेपछि यो समस्या बढेको बताए । हाल सरकारले गर्भवती उत्प्रेरणा सेवाबापत रु ४००, सुत्केरीलाई यातायातबापत हिमालमा रु एक हजार ५००, पहाडमा एक हजार र तराईमा रु ५०० दिँदै आएको छ । परिवार स्वास्थ्यले आगामी आवमा चार लाख २५ हजार महिला सुत्केरी हुने अनुमान गर्दै बजेट अनुमान गरी कार्यक्रम बनाएको थियो । सरकारको ०७५÷७६ को बजेट भाषणपछि अनुमान गरेको बजेटमा थप रु ४२ करोड आवश्यक पर्ने बताइएको छ ।

निर्देशक पोखरेलले परिवार स्वास्थ्यमा आउने बजेटको ४० प्रतिशत रकम आमा सुरक्षा कार्यक्रममा खर्च हुने जानकारी दिए । उनले चालू आवको अपुग रकम निकासा नभए आगामी आवमा आर्थिक भार थपिने बताउनुभयो । हामीलाई निकासा हुने आश्वासन दिएको महाशाखाको भनाइ छ ।

jagdamba.cement
rbbbb

सशोधन गर्नुपर्छ निर्देशिका

आमा तथा नवजात शिशु सुरक्षा कार्यक्रम कार्य्विधि निर्देशिका २०६५ (तेस्रो सशोधन २०७३) लाई पनि संशोधन गर्न अत्यावश्यक भएको छ । परिवार स्वास्थ्य महाशाखाका निर्देशक डा. तारानाथ पोखरेलले प्रदेश र स्थानीय तहका लागि छुट्टाछुट्टै निर्देशिका आवश्यक भएको बताए । ‘निर्देशिका सशोधन गर्ने विषयमा अन्तिम छलफल गरिरहेका छौँ, छिट्टै ड्राफ्ट बनाएर मन्त्रालय पठाउँछौं’,’ उनले भने ।

सरकारले प्रसूति सेवा दिने सरकारी तथा निजी स्वास्थ्य संस्थालाई यो कार्यक्रम लागू गर्न अनुमति दिने गरेको छ । तर अनुमति लिएका निजी स्वास्थ्य संस्थाको कार्यक्रम अवरुद्ध भएको हुने गरेको छ । निर्देशक पोखरेलले निजी स्वास्थ्य संस्थामा अनुगमन गर्न गाह्रो भएको बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७